arrow

मैले स्वइच्छाले राजीनामा दिएको हुँ, न देउवाको दबाब आयो न काँग्रेसको : प्रचण्ड

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
PM_dahal.JPG

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वइच्छाले राजीनामा दिएको बताएका छन् । मंगलबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘मेरो आफ्नै इच्छाले राजीनामा दिएको हो । कसैको दबाबमा होइन ।’

विगतको जस्तो अवस्था केपी ओली सरकारमा बस्दा भोगेकाले आफुले त्यो परम्परा तोड्न सरासर राजीनामा दिएको प्रधानमन्त्री दाहालको भनाई छ ।

एमाले अध्यक्ष केपी ओलीको भनाईतर्फ संकेत गर्दै प्रधानमन्त्री दाहालले इमान मुखले भनेर मात्रै हुँदैन व्यवहारमा देखिनु पर्दछ, भने ।

विगतमा संविधान जारी गर्नकै लागि आफुलाई प्रतिपक्ष नभनेको बताउँदै प्रधानन्त्री दाहालले भने, ‘अहिले पनि त्यही डर भो । जसरी हिजो संविधान जारी हुँदैन कि भन्ने डर थियो । अहिले दोस्रो चरणको चुनावै नगरी बिचैमा राजीनामा दिनुको कारण पनि फेरि पनि मलाई संघीयता कार्यान्वयन हुँदैन कि भन्ने डर भयो । त्यसैले यो कदम उठाए ।’

प्रधानमन्त्री दाहालले एमाले र काँग्रेसले फेरि पनि संघीयता र समावेशीता मन परेको होइन कि भन्ने अनुभव हुने, सुनाए । उनले थपे, ‘उहाँहरुलाई यो संघीयता सुन्न नपाए हुन्थ्यो जस्तो लाग्ने गर्छ ।’ राजीनामा दिनुको कारणसँग लामो भूमिका बाँधेका दाहालले भने, ‘विगतमा १६ बुँदे समझदारी हुँदा ४ नेताबीचमा मैले सुशील कोइरालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री बनाऔँ । अहिले पद प्यारो होइन हामीलाई संविधान नै प्यारो हो, भने । तर, त्यो राष्ट्रिय सहमति तोडियो । त्यस्ता अनुभव पछि  पनि भइरहे ।’

त्यसैले अहिले काँग्रेससँगको समझदारी अनुसार मैले राजीनामा गरे । काँग्रेस नेताहरुले अझै दोस्रो चरणको निर्वाचन गरेर बाहिरिन्छु भन्दा पनि मान्नु हुन्थ्यो  । मलाई विश्वास थियो । तर, मैले नैतिकतालाई पनि हेरेको हुँ । इमानलाई पनि, दाहाले भने, ‘मलाई नेपाली काँग्रेस वा त्यसका नेता शेरबहादुर देउवाल दबाब दिएर राजीनामा गरेको होइन ।’ संस्थागत रुपमा काँग्रेसलाई पनि थाहा छैन । काँग्रेस सभापतिसँग कुरा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ