arrow

माओवादी केन्द्रको तर्फबाट महराले सरकारको नेतृत्व गर्ने

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
DPM-Krishna-Bahadur-Mahara-returns-from-China-aa.jpeg

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को तर्फबाट कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्ने भएकाछन् माओवादी केन्द्रको आज बसेको हेडक्वार्टरको बैठकले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा महरालाई उपप्रधान तथा परराष्ट्र र जनार्दन शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइने निर्णय गरेको छ।

यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महरा उपप्रधान तथा अर्थ र शर्मा उर्जा मन्त्री थिए।

बैठकले प्रभु साहलाई पछि मन्त्रालय टुङ्ग्याउने गरी सरकारमा पठाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ