arrow

घाइते भएको तीन महिनापछि आन्दोलनकारीको मृत्यु

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
District-23-Rautahat-hamrakura.jpg.jpeg
रौतहट । सदरमुकाम गौरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको विरोध प्रदर्शनका क्रममा गोली लागी घाइते भएका एक युवकको आइतबार उपचारका क्रममा मृत्यु भएको छ । 

मधेसी मोर्चाले गत असोज २७ गते गौरमा गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाइते भएका स्थानीय अकोलवा–५ बस्ने ३९ वर्षीय शेष मेहरुद्दिनको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गोली लागेर घाइते भएका उनको उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । उपचारपछि घर फर्किएका उनलाई सञ्चो नभएपछि पुनः अस्पताल भर्ना गरिएको थियो । 

सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् । केही महिनादेखि जारी मधेस आन्दोलनका क्रममा रौतहटमा अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ