arrow

एमाले छोडेर कलाकार थापाले दिए स्वतन्त्रबाट उम्मेदवारी

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
kalakar-thapa.png

बाजुरा ।  नेकपा एमालेमा २७ वर्षदेखि क्रियाशिल रुपमा पाटीमा संलग्न रहेको एक कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । २०५४ साल देखि नेकपा एमालेको कार्यकता भएर पार्टीलाई सहयोग गर्दै आएका एमाले कार्यकर्ता तथा सुदुरपश्चिम लोक देउडा गायक लाल बहादुर थापाले बुढीगंगा नगरपालिकाको स्वतन्त्र उम्मेदवारी लड्ने पत्रकार सम्मेलनमा जानकारी दिए ।
 
लामो समय देखि नेकपा एमालेमा क्रियाशिल कार्यकर्ताका रुपमा काम गर्दै आएको भए पनि स्थानिय तहको निर्वाचनमा आफुलाइ कुनै स्थान नदिएको असन्तुष्टी जनाउदै पाटीकोले साधारण सदस्य नरहने गरी राजिनामा दिएको थापाले सम्मेलनमा जानकारी दिए । २०४७ साल देखि हाल सम्म एमाले समर्थक विभिन्न संगठनमा प्रमुखको भुमिका निर्वाह गर्दै आएको र आफुलाइ कुनै मुल्यांकनमा नपारेकोले पाटीको साधारण सदस्य नरहने गरी राजिनामा दिएको थापाको भनाई रहेको छ ।

कलाकार थापाले स्वतन्त्र उम्मेदवारी घोषणाको पत्रकार सम्मेलनमा आफुलाइ बुढीगंगा नगरपालिकाको प्रमुख पदमा विजयी गराउन जनताहरु आतुर भएको जिकिर गरे । एमालले आफु संरक्षण गर्नुको साटो तिरस्कार गर्दै आएकाले एमाले पाटीमा बस्नुको कुनै औचित्य नभएका छैन ।

कलाकारिता भन्दा हातले सेवा गर्ने ईच्छा भएपनि एमालेले बेवास्ता गरेको छ । आफु सक्षम र योग्य उम्मेदवार भएकाले जनतामा सेवा समर्पण गर्ने छु । थापाले आफु नगर प्रमुखमा विजयी भए पश्चात जनताले खानेपानी अभाव बेहोर्दै आएकाले खानेपानी निर्माण,सुलभ शिक्षा,सडक,यातायात,विद्युत,संचार,वन जंगल संरक्षण र सम्वद्र्धन,युवा स्वरोजगारीको प्रत्याभुती गर्न पहल गर्ने र नेपाल सरकारको सेवा सुविधा चुस्त दुरुस्त राख्ने सम्मेलनमा प्रतिवद्धता जनाउनु भएको छ ।

सम्मेलनमा थापाले नेकपा एमाले जिल्ला कमिटी उप सचिव गगन रावललाई उहाकै निवासमा गएर राजिनामा दिएको सम्मेलनमा जानकारी गराए पनि उप सचिव रावलले आफुलाइ कुनै जानकारी नभएको बताउनु भयो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ