arrow

बुटवलमा काँग्रेसमा प्रवेश गर्नेको घुर्इँचो

केही वडामा काँग्रेस,जनमुक्ति र माओवादीको तालमेल

logo
प्रकाशित २०७४ जेठ २७ शनिबार
butwal_news.jpg

बुटवल । बुटबल उपमहानगरपालिकाका वडा वडामा अन्य पार्टीहरु परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । नेपाली काँग्रेसले शुक्रवार गरेको क्रियाशील सदस्यहरुको भेलामा बिभिन्न पार्टी परित्याग गरि ३१ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई बुटवल उपमहानगरपालिकाकाका मेयरका उम्मेदवार खेलराज पाण्डे, महाधिवेशन प्रतिनीधि युवराज गिरी, वडा सभापति कृष्णप्रसाद ज्ञवालीले पार्टी प्रवेश गराएका थिए ।

आगामी असार १४ गते हुने निर्वाचनमा  विजय सुनिश्चित गर्न नेपाली काँग्रेसले केही वडामा नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीसँग पनि तालमेल गर्ने भएको छ । यस तालमेल अनुसार वडा नं ७ मा  नेपाली काँग्रेसका वडा सभापति कृष्णप्रसाद ज्ञवालीले दिएको जानकारी अनुसार तालमेलमा वडा अध्यक्ष नेपाली काँग्रेसले लिएको छ भने राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा माओवादी केन्द्रले दुईदुई सदस्य पद लिएका छन् ।

चुनावी तालमेल गरेपछि नेपाली काँग्रेसले शुक्रबार क्रियाशील भेला गरी तालमेल अनुसारका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेको छ । उक्त वडामा नेपाली काँग्रेसले अध्यक्षमा पदमराज गाहालाई अगाडि सारेको छ भने जनमुक्तिले महिला सदस्यमा बसन्ती साठिघरे र खुल्ला सदस्यमा मनिराम गुरुङ्लाई अगाडि सारेको छ । त्यस्तै माओवादी केन्द्रले दलित महिलामा छमीदेवी लोहोनी र खुल्ला सदस्यमा बालकृष्ण भुसाललाई अगाडि सारेर संयुक्त चुनाव प्रचार प्रसारमा लागेका छन् ।

कार्यक्रममा बोल्दै मेयर पदका उम्मेदवार पाण्डेले आधुनिक बुटवलको परिकल्पना अनुसार सम्बृद्धि बुटवल निर्माणकालागि नेपाली काँग्रेसका उम्मेद्वारलाई जिताउन आग्रह गर्दै नेपाली काँग्रेसले जितेको खण्डमा जनताले जितेको आभाष आफूले गराउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा महाधिवेशन प्रतिनीधि युवराज गिरी, दीर्घबहादुर केसी, क्षेत्रीय प्रतिनीधी लक्ष्मण आचार्य, वडा अध्यक्षका उम्मेदवार पदमराज गाहा, नेपाली काँग्रेसका वडा उपसभापति लिलासिंह राना, सचिव दिनानाथ गिरी लगायतले भनाई राखेका थिए ।

त्यसैगरी बुटवलको वडा नं. ८ मा नेपाली काँग्रेस तथा जनमुक्तिको संयुक्त प्यानलका उम्मेदवारहरुले घरदैलो गरेका छन् । शुक्रबार उनीहरुले धर्मपथ, कालिकापथ, प्रेमपथ लगायतका स्थानमा घरदैलो गरिएको वडा अध्यक्षका उम्मेदवार राधेश्याम राजभण्डारीले जानकारी दिए । घरदैलोका क्रममा स्थानीयले सडक, खानेपानी, ढल निकासको समुचित प्रवन्ध मिलाउन उम्मेदवार समक्ष माग गरेका थिए । 

शुक्रवार सम्पन्न नेपाली कांग्रेसको क्रियाशील सदस्यको भेलाले शनिबार वडामा संयुक्त ¥याली प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यसैगरी, बुटवल उपमहानगरपालिकाको वडा नम्बर १३ पनि घर दैलो कार्यक्रम गरिएको छ । घर दैलो कार्यक्रममा नगरका मेयरका उम्मेदवार खेलराज पाण्डेले बुटवलका हरेक संरचना काँग्रेसकै पहलमा आरम्भ भएको भन्दै बिकास र कांग्रेस पर्यायबाची भएको दाबी गरे । वडा अध्यक्षका उम्मेदवार नारायण पुनले काँग्रेसको पक्षमा जनलहर बढदै गएको धारणा राखेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ