arrow

प्रचण्ड भन्न थाले–हिमाल, पहाड र तराई–मधेश माओवादीले मात्रै जोड्न सक्छ

logo
प्रकाशित २०७४ जेठ २७ शनिबार
prachand.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रले मात्रै हिमाल, पहाड र तराई–मधेशलाई जोडेर राष्ट्रिय एकता कायम गर्नसक्ने बताएका छन् ।

शनिबार विहान प्युठान, सिन्धुपाल्चोक र कञ्चनपुर जिल्लाबाट बिभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्र प्रवेश गरेका नेता, कार्यकर्तालाईसामु अध्यक्ष दाहालले माओवादी केन्द्र मात्रै राष्ट्रिय एकताको नेतृत्वकर्ता पार्टी भएको बताएका हुन् । दाहालले भने, ‘गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता, सामाजिक न्याय, समानुपातिक–समावेशी सिद्धान्त, विकास, समृद्धि, राष्ट्रिय एकता र छिमेकीसँगको सन्तुलित सम्बन्ध माओवादी आन्दोलनका उपलब्धि हुन् ।

माओवादीले मात्रै हिमाल, पहाड र तराई–मधेशलाई जोडेर साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्ने सामथ्र्य राख्दछ । आज तपाईहरु पूर्वदेखि पश्चिम सम्मका विभिन्न पार्टीमा क्रियाशील रहेका नेता साथीहरु माओवादी केन्द्रमा आउनुभएको छ । यसले पनि माओवादी पार्टी मात्रै राष्ट्रिय एकताको केन्द्र हो भन्ने कुरा पुष्टि हुँदैछ ।’

परिवर्तनका मुद्धाहरु सम्बोधन गर्न माओवादी मात्रै सक्षम रहेको बताउँदै दाहालले भने, ‘माओवादी बिना न त परिवर्तन सम्भव छ, न त समृद्धि र विकास नै । यो तथ्य फेरि एकचोटी पुष्टि भएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक, कञ्चनपुर र प्युठान जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई स्वागत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ