arrow

हेमकर्ण र रोहित अगाँलो मारेर पुगे इटहरीका मतदाता माझ, काँग्रेस कार्यकर्ता उत्साहित

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
Hemkarna-rohit-itahari.jpg

इटहरी । पुर्बाञ्चलको दुई उपमहानगर मध्ये ईटहरीमा नेपाली काँग्रेसका तर्फबाट उमेद्वार बनेका रोहित प्रसाई र मेयरका अर्का आकाँक्षी हेमकर्ण पौडेल अहिले दाजुभाई जस्तो अगाँलो मारेर मतदाता माझ पुग्न थालेका छन्।

रोहितले टिकट पाएपछि रुष्ट भएका कार्यकर्ताहरुलाई सम्झाएका हेमकर्णले रोहितलाई जीताउन आफू पूर्ण रुपमा मैदानमा खटिने बताएपछि कार्यकर्ताहरु समेत उत्साहित भएका छन्। दाजुभाई जस्तै मतदाता माझ सौहार्दपूर्ण रुपमा पूग्न थालेपछि कार्यकर्ता र मतदातामा पनि उत्साह आएको स्थानिय काँग्रेस कार्यकर्ताहरुको भनाई छ।

उद्योग वाणिज्य महासंघका केन्दीय सदस्य समेत बनिसकेका इटहरीका चिनिएका व्यवसायी रोहित प्रसाईले काँग्रेसबाट टिकट पाएका हुन्। रोहितले टिकट पाएपछि काँग्रेसका कार्यकर्तामा देखिएको केहि असन्तुष्टीलाई हेमकर्णले साम्य पार्दै सबैलाई चुनावी मैदानमा उत्रिन आग्रह पनि गरेका छन्। 

हेमकर्णले सबै विवादहरुलाई साम्य पार्दै आइतवार आफ्नो फेसबुकमा एक स्टाटस लेखेका छन्। उनले पद भन्दा पनि पार्टी ठूलो भएर आफूले पार्टीको केन्द्रले गरेको निर्णय मानेको बताएपछि ईटहरीका काँग्रेसी कार्यकर्ताहरु हर्षित हुँदै सयौंले उनको स्टाटस सेयर गर्दै कमेन्ट र लाईक गरेका छन्। अहिले कार्यकर्ताहरुसँगै हेमकर्ण चुनावी मैदानमा रोहितलाई सघाउँदै गरेको भेटिन्छन। नगर सभापतिको हैसियतामा उनले चुनावी अभियानलाई नेतृत्व समेत दिइरहेका छन्। 

स्थानीय काँग्रेस नेताहरुले प्रसाई र पौडेलको तस्विरलाई राखेर जीतको सुनिश्चित भएको भन्दै कार्यकर्तालाई उत्साहित बनाएका छन्। 

काँग्रेस विभाजित भएपछि मेयर बनौला भन्ने ध्याउन्नमा रहेका कतिपय पार्टीका उमेद्वारहरु काँग्रेसका नेताहरु एकभएर चुनावमा जाने भएपछि निरुत्साहित भएको एक काँग्रेस कार्यकर्ताले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ