arrow

पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा, चल्यो सर्फराजको राज

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
pak-srilanka.jpg

कार्डिफ । पाकिस्तान इंगल्याण्डमा चलिरहेको च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले समूह चरणको अन्तिम भिडन्तमा श्रीलंकालाई ३ विकेटले माथ खुवाउँदै सेमिफाइनलमा पुगेको हो । 
पहिले ब्याटिंग गरेको श्रीलंकाले ४९.२ ओभरमा अलआउट हुँदै २३६ रन बनायो । ओपनिंग ब्याट्सम्यान निरोशन डिक्वेल्लाले ७३ रन बनाए । 
जुनैद खान र हसन अलीले ३–३ तथा मोहम्मद अमिर र डेब्यु खेलाडी पलmहिम अस्रफले २–२ विकेट लिए । 
जवाफमा पाकिस्तानले ४४.५ ओभरमा ७ विकेटको नोक्सानीमा विजयी लक्ष्य पूरा गरेको हो । 
पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्ने क्रममा फकर जमानले ५० तथा अजर अलीले ३४ रन बनाएर उत्कृष्ट सुरुआत गरे पनि त्यसपछि लगातार विकेट गुमाउँदा पाकिस्तानले १६२ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो । 
तर आठौं विकेटका लागि च्याम्पियन्स ट्रफी इतिहासकै कीर्तिमानी नटआउट ७५ रनको साझेदारी गर्दै पाकिस्तानले जित हासिल गरेको हो । 
कप्तान सर्फराज अहमदले कप्तानी इनिंग खेल्दै ७९ बलमा ६१ रन जोडे । मोहम्मद अमिरले अलराउण्ड खेल्ने क्रममा ४३ बलमा २८ रन जोडे । 
अब सेमिफाइनलमा बुधबार पाकिस्तानको भिडन्त इंगल्याण्डसंग हुनेछ । त्यस्तै बिहीबार भारतको भिडन्त बंगलादेशसंग हुनेछ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ