arrow

तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोग

logo
नारायण रिजाल,
प्रकाशित २०७४ जेठ २९ सोमबार
baglung_district.png

बागलुङ। पछिल्लो समयमा तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोग निकै बढदो रहेको छ। व्यसायिक खेती गर्नका लागि निकै सहज हुने भएर यसमा कृषकहरु आकर्षित देखिन्छन।

बागलुङ नगरपालिकाका ४का त्रिलोचन सापकोटा आफ्नो दैनिकी करेसाबारीमै विताएका छन्। उनी आधुनिक प्रबिधिको प्रयोग गरेर तरकारी खेती गर्न थालेका छन। आफ्नो करेसाबारीमा परम्परागत तरिकाले खेती गर्दै आएका सापकोटाले ३ बर्ष अघिबाट नयाँ प्रबिधि अपनाएका हुन। उनको कृषि फार्मलाई व्यवस्थित र आधुनिकीकरण गर्न बीस लाख रुपैँया लगानी गरेका छन।

जसमध्ये व्यवसायीक कृषि तथा बजार आयोजना (प्याक्ट)ले दश लाख रुपैया अनुदान उपलब्ध गराएको थियो। उनि भन्छन  बढीमा पाँच लाख रुपैया लगानीमा तयार हुने एउटा हाईटेक टनेलभित्र पाँच वर्षसम्म खेती गर्न सकिने गरी टेनल निर्माण गरेको छु अब व्यवसायिक बन्न यसले सहयोग पुर्‍याउँछ। 

घरपरिवारका सदस्य बाहेक एक जनालाई नियमित र चार जनालाई आंशिक रोजगारी दिएका सापकोटाले व्यक्तिगत ६ रोपनी र बार्षिक बिस हजार भाडा तिर्नेगरी भाडामा लिएको थप दुई रोपनी जमिनमा तरकारी खेती गरेका छन्। उनले तरकारी खेतीबाट बार्षिक आठ लाख रुपैया आम्दानी हुने बताए। थप तीन वटा टनेल बनाउने तयारी गरेका सापकोटाले उत्पादन गरेको तरकारी बागलुङ लागायत अन्य जिल्लामा पनि निकासी गरेका छन।

रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादनमा बृद्धि र लागत घटाउन ‘हाईटेक टनेल’ भित्र उनले तरकारी खेती गरेका हुन। २५ वर्षदेखि तरकारी खेती गरेर जिविकोपार्जन गर्दै आएका ४३ बर्षिय सापकोटाले सञ्चालन गरेको कालीगण्डकी कृषि फार्ममा ५ वटा ठूला टनेल (प्लाष्टिक घर) रहेका छन्। एक तले घर भन्दा अग्लो र डेढ रोपनी क्षेत्रफलसम्म फैलिएको प्लाष्टिकका हाईटेक टनेलमा किरा छिर्न नमिल्ने मसिनो जालीले बेरिएको छ। टनेलभित्र गोलभेडा, खुर्सानी, घिरौला, बोडी, गाजर लगायतका मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ। 

लहरेबालीका लागि स्थायी प्रकृतीको झाल बनाइएको टनेलभित्र लगाइएको प्रत्येक बिरुवाको जरामा थोपा प्रबिधिबाट सिचाई गर्ने व्यवस्था मिलाइएको सापकोटा बताउँछन। टनेलभित्र बेमौसमी तरकारी खेती गरेर बढी मूल्य पार्न सकिनुका साथै रोग कम लाग्ने, उत्पादन गुणस्तरीय हुने र श्रमशक्तिको बचत हुने सापकोटाको भनाई छ। सापकोटाले उक्त तरकारी खेतीमा गाईभैसीको गहुँत संकलन गरेर बिषादीको रुपमा प्रयोग गर्ने गर्दछन। खुल्ला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ