- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव मनाएको छ । कम्पनिले “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गरि मंगलबार वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिने सेवाग्राहीहरू मध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कूल ३४ जना सेवाग्राहीहरुलाई सिस्टममा आधारित रहेर ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिएको थियो । विजेता घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईका सेवाग्राहीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । डकालले आगामी दिनमा आइएमई सेवालाई अझै परिष्कृत र प्रविधिमैत्री बनाउदै लैजाने समेत प्रतिबद्धता व्यक्त गरे । त्यस्तै प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीहरुको निरन्तर विश्वासले आफु लगायत आफ्नो टीमलाई काम गर्ने थप उर्जा मिलेको बताए ।
१७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपबिजेताहरुलाई प्रबन्ध निर्देशक हेमराज ढकालले पदक, ट्रफी एवम् शिल्ड प्रदान गरेका थिए । कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।