arrow

अाफ्नै छोरीलार्इ पटकपटक बलात्कार गर्ने बाबु प्रहरी फन्दामा 

logo
जीतेन्द्र भण्डारी,
प्रकाशित २०७४ जेठ ३१ बुधबार
choree-balatkar.jpeg.jpeg

पाँचथर । पाँचथर प्रहरीले आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा आफ्नै बाबुलाई पक्राउ गरेको छ । जिल्लाको च्याङथापुका एक व्यक्तिले १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४६ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

पीडितको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । पीडितले गत जेठ २२ गते बाबुविरुद्ध उजुरी जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् । बाबुले छोरीलाई विगतदेखि नै पटक–पटक बलात्कार गर्दै आएको पीडितले बताएको प्रहरीले जनाएको छ ।

पीडितकी आमाले ५ वर्षअघि दोस्रो विवाह गरेपछि घरमा बावु छोरी मात्रै बस्दै आएका थिए । बाबुले पटक–पटक बलात्कार गर्दै आएको भएपनि पीडित बालिकाले बाबुको डर तथा लाजले आफन्त, छिमेकी तथा प्रहरीलाई खबर गरेकी थिइनन् । तर, पछिल्लो पटक मादकपदार्थ सेवन गरी आएका बाबुले बलात्कार गर्नुका साथै धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

टाउको चोट लागेकी पीडित बालिकाले पीडा सहन नसकेर आफन्त तथा छिमेकीको सहयोगमा प्रहरीमा उजुरी गरेको प्रहरीको भनाइ छ । पीडित बालिकाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाबुलाई हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ