arrow

जनप्रतिनिधिलार्इ प्रवेश गराउँदा काठमाडौं महानगरको डेढ करोड खर्च, देखियो अनियमितताको गन्ध

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg

काठमाडौं। काठमाडौैं महानगरपालिकामा नयाँ जनप्रतिनिधीहरुको स्वागत खर्च नै महंगो पर्न आएको छ ।नयाँ जनप्रतिनिधि आएको बाहानामा उनीहरुले प्रयोग गर्ने सामग्री कार्यालयीय सजावट र भाेज भतेरमा नै माेटाे रकम खर्च भएको भेटिएको हो । महानगर भित्रका विभिन्न ३२ वडामा आएका नयाँ जनप्रतिनिधिहरुको लागि भौतिक साम्रगीको खरीद खर्च तथा अन्य विविध शीर्षकमा डेढ करोड भन्दा बढी खर्च गरिएको काठमाडौं महानगरपालिका स्रोतले जनाएको छ । 

विश्वस्त स्रोतका अनुसार नयाँ जनप्रतिनिधिको लागि फर्निचर मात्रै ६३ लाखको किनिएको छ । तर, सो खर्च सम्बन्धी विवरण अहिले औपचारिक रुपमा बाहिर सार्वजनिक गरिएको छैन । ३२ वटै वडामा पुराना फर्निचर हटाएर नयाँ फर्निचर जडान गर्ने कार्पेन्टरहरुलाई दिएको समेत खर्च जोड्दा कूल ६३ लाख रुपैयाँ खर्च भएको बताईएको छ । यसका अलावा सबै कार्यालयमा रंगरोगन लगायतका काम सहित गर्दा डेढ करोड भन्दा बढी खर्च गरिएको छ । 

त्यस्तै, नयाँ जनप्रतिनिधि निर्वाचित भएकै दिन राष्ट्रिय सभागृहमा भतेरको व्यवस्था गरिएको थियो । सो भतेरमा मात्रै २२ सय जना कार्यकर्ता, कर्मचारी लगायत सहभागी रहेका थिए । महानगरले २२ सयको हाराहारीमा व्यक्ति संलग्न भएको विल बनाएको महानगरस्रोतले जनाएको छ । यसरी सबै पुराना सामग्रीहरु छाडेर सबै नयाँ सामग्री खरीद प्रक्रियामा नै गम्भीर आर्थिक अनियमितता भएको महानगरस्रोतले जनाएको छ । स्रोतका अनुसार फर्निचर लगायतका शीर्षकमा सो खरीद प्रक्रियामा सहभागीहरुले व्यक्तिगत रुपमा नै २० लाख भन्दा बढी हिनामिना गरेको आरोप लगाईएको छ । 

तर, महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले यत्ति नै खर्च भयो भनेर अहिले आफूलाई जानकारी आईनसकेको भन्दै यो विषय खरीद शाखामा नै सोध्नुपर्ने बताए । हाम्राकुरासँग कुराकानी गर्दै प्रवक्ता कार्कीले वडाध्यक्ष र सदस्यहरुलाई एकएकवटा मेच र टेबुल खरीद गरिएको भन्दै सो सबै खरीद गर्दा टेण्डरबाट नै गरिएको बताए । उनले सभागृहमा भएको पार्टीको खर्चपनि खरीदबाट नै थाहा हुने जानकारी दिए । यद्यपि खरीद विभागका प्रमुख दिपक अधिकारीले भने सबै सूचनाहरु प्रवक्ता मार्फत् नै दिने आचारसंहिता कडाईका साथ लागू गरिएकोले सो विषयमा आफूले बोल्न नसकेको स्पष्ट पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ