arrow

पाकिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा, इंगल्याण्ड स्तव्ध

logo
प्रकाशित २०७४ असार १ बिहिबार
pakistan-england.jpg

कार्डिफ । पाकिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा आयोजक इंगल्याण्डलाई ८ विकेटले स्तव्ध पार्दै पाकिस्तानले कुनै पनि नकआउटमा यतिठूलो अन्तरको जित हासिल गरेको हो । 

विश्वकपदेखि च्याम्पियन्स ट्रफीसम्मको नकआउटमा पहिलो पटक भेटिएको पाकिस्तानले इंगल्याण्डमाथि एकतर्फी प्रदर्शन गरेको हो । हजारौं घरेलु दर्शकलाई निराश पार्ने क्रममा पहिले ब्याटिंग गरेको इंगल्याण्डले ४९.५ ओभरमा अलआउट हुँदै २११ रन मात्र बनाउन सक्यो । 

जो रुटले ४६, जोनी बेयरस्टोले ४३, बेन स्टोक्सले ३४ तथा कप्तान ओइन मोर्गानले ३३ रन बनाए । हसन अलीले ३, जुनैद खानले २ तथा डेब्यु खेलाडी रुम्मन रइसले पनि २ विकेट लिए । 

जवाफमा पाकिस्तानले ३७.१ ओभरमै २ विकेटको नोक्सानीमा विजयी लक्ष्य पूरा गर्यो । पहिलो विकेटका लागि ११८ रनकोे साझेदारी गर्ने क्रममा अजर अलीले ७६ तथा फखर जमानले ५७ रन बनाए ।

त्यस्तै तेस्रो विकेटका लागि नटआउट ४२ रनको साझेदारी गर्ने क्रममा बबर अजामले ३८ तथा मोहम्मद हाफिजले ३१ रन बनाए । 

अब पाकिस्तानले फाइनलमा भारत वा बंगलादेशसंग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार दिउँसो ३ः१५ देखि सुरु हुनेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ