arrow

'5G'का प्रयोगकर्ता सन् २०२२ मा ५५ करोड पुग्ने दावी

logo
प्रकाशित २०७४ असार २ शुक्रबार
5g-city-future.jpg

एजेन्सी । विश्वभरमा सन् २०२२ सम्ममा करीब ५५० मिलियन अर्थात ५५ करोड 5G(फाइभ जी ) इन्टरनेट प्रयोगकर्ता हुने संभावना एक अध्यायनले देखाएको छ  ।  विश्वमै यो प्रबिधि आम जनतासम्म पुर्‍याउन अमेरिका सबै भन्दा अगाडि रहेको छ । सो कुराको खुलासा एरिक्सन मोबिलिटीको २०१७ को  रिपोर्टमा गरिएको छ ।

  रिपोर्टका अनुसार सन् २०२२ सम्ममा करीब ९७ प्रतिशत इन्टरनेटको प्रयोग स्मार्टफोनबाट गरिनेछ । साथै डाटा प्रयोगमा अहिले भन्दा १० गुणा बढ्नेछ ।  जस अनुसार अहिले प्रति महीना  १ जिबी डाटा प्रयोग गर्ने व्याक्तिले फाभजी आएपछि ११ जिबी डाटा प्रति महीना प्रयोग गर्नेछ ।

मार्चमा मोबाइल वर्ल्ड कांग्रेसमा सेमसुङ र रिलायंस जियोले फोरजी नेटवर्कलाई मिलाएर अझ राम्रो बनाउन आफ्नो इनफिल एण्ड ग्रोथ प्रोजेक्टको घोषणा गरेको छ । सो प्रेस सम्मेलनमा दिइएको जानकारि अनुसार सेमसुङ र जियो दुवै फाइभजीको लागि अहिले देखिनै तयारी अवस्थामा रहेका छन् । तर फाइभजी नेटवर्क फोरजीको ठाउ लिने छैन यसको लागि अलग तरिकाको ढांचा तयार गर्नु पर्नेछ ।

 सेमसुङका आधिकारिक व्यक्तिका अनुसार फाइभजी  शक्तिशालि  वाई-फाई हुनेछ । जुन अहिलेको तुलनामा  लाखौ गुणा ज्यादा स्पीडले डाटा ट्रान्सफर हुनेछ । यसले फरक तरिकाको एप्लिकेशन, मेशिन र ग्याजेटबीच निकै तिब्र कनेक्टिविटी हुनेछ । तपाई घरमा ग्याजेट आपसमा कनेक्ट गरेर एक-दोस्रोलाई आवश्यकता अनुसार कंट्रोल गर्न सकिनेछ ।  केबल टिभिको लागि तारको आवश्यकता हुनेछैन । वाइरलेसको माध्यबाट कन्टेन्ट पठाउन सकिनेछ ।  रिलायंस जियोका अधिकारिका अनुसार एलटीईमा सुधारको धेरै क्षेत्रचयन र सम्भावना रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ