arrow

पाँचथरमा यसरी हुदैँछ मनोनयन दर्ता

दोस्रो चरणका लागि हुने निर्वाचमा पाँचथरमा धमाधम उम्मेद्धवाहरु मनोनयन पत्र दर्ता गर्दै

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असार ४ आइतबार
panchthar-district.png

पाँचथर । असार १४ गते हुने दोस्रो चरणको स्थानिय तहको निर्वाचनको निम्ति पाँचथरका राजनितीक दलका उम्मेद्धवारहरुले अहिले धमाधम मनोनयन पत्र दर्ता गराइरहेका छन् । पाटीको झण्डा,ब्यानर,नौमती बाजा,जुलुश सहित उत्साहपूर्वक रुपमा उम्मेद्धवारहरुले मनोनयन पत्र दर्ता गरिराखिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

 फिदिम नगरपालिकामा अहिले नेपाली काग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मनोनयन दर्ता गरिसकेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । काग्रेसले फिदिमको मेयर पदमा ओनाहाङ नेम्बाङ,उपमेयर पदमा उर्मिला प्रधान श्रेष्ठको मनोनयन दर्ता गरेको हो ।

 यस्तै फोरम लोकतान्त्रिकले भने नेकपा माले सित तालमेल गरेर मेयरमा फोरमका नरेन्द्र भट्टराई,उपमेयरमा प्रिय प्रकाश रिमालको मनोनयन दर्ता गरेको हो । यस्तै अव क्रमश नेकपा एमाले,नेकपा माओवादी,राप्रपा,संघिय समाजवादी फोरम,राष्ट्रिय जनशक्ति पाटीले मनोनयन गर्ने जिल्ला निर्वाचन अधिकारी धु्रव कुमार राईले वताए ।

 यस्तै पाँचथरको ७ वटा गाउँपालिकामा पनि धमाधम मनोनयन पत्र दर्ता गर्ने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालय  पाँचथरले जनाएको छ । मनोन पत्र दर्ताका क्रममा अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा व्यवधान खडा हुन सक्ने भन्दै सुरक्षा ब्यवस्था कडा गरिएको छ । पाँचथर जिल्लामा १३ वटा पाटी रहेपनि ८ वटा पाटीले मात्रै चुनाव चिन्ह पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ