arrow

उत्तर कोरियामा चरम यातनाबाट अमेरिका फर्किएको एक हप्तामै मृत्यु

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
us-student-died-north-korea-deal.jpg

काठमाडौं । १५ महिना उत्तर कोरियाको कारागार जीवन बिताई हालै रिहा भइ एक हप्ताअघि अमेरिका घरमा पुगेका एक अमेरिकी युवकको मृत्यु भएको छ । 

२२ बर्षिय अमेरिकी विद्यार्थी ओट्टो वार्मबियर गत बर्षको जनवरीमा उत्तर कोरियाको होटलबाट प्रोपोगाण्डा चिन्ह चोरेको आरोपमा पक्राउ परेका थिए ।

१५ बर्षको जेल सजायँ तोकिए पनि मानवअधिकारकर्मीहरुले उनलाई मुक्त गराएका थिए । 

तर जेलमा रहँदा नशालु औषधि बढी दिइएकाले उनलाई दिमागी असर परेको थियो । कोमामा पुगेका उनको उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

उनको मृत्युमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शोक ब्यक्त गर्दै उत्तर कोरियाको क्रूर व्यवहारप्रति आक्रोश पोखेका छन् । 

ट्रम्पले अब अमेरिकाले उत्तर कोरियालाई नियन्त्रण गर्ने प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ