arrow

बालुवाटार सरेपछि पनि देउवाले प्रचण्डको लाजिम्पाट छिर्न छोडेनन्

सपथ लिएपछि मात्रै चार पटक लाजिम्पाट, हाइसेक्रेसी फुत्किने डर

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
prachanda-sher-bahadur.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको सम्बन्ध निकै झाँगिएको छ । सपथ ग्रहण गरेपछि देउवाले दाहाललाई चौथो पटक भेटिसकेका छन् । तत्कालीन केपी  ओली नेतृत्वको सरकार भत्काउँदाताका देउवा–दाहालबीच भएको हाइसेक्रेसीको सम्झौताले अहिलेसम्म काम गरिरहेको र देउवा आफु सत्तामा रहेसम्म बाहिर त्यसको कुनै गुञ्जयास नहोस् भनेरै दाहालसँगको भेटलाई बढी जोड दिइरहेका बताइँदैछ ।

ओली सरकार भत्काउँदा भएको हाइसक्रेसीबारे दुवै पार्टीका दोस्रो तह र त्यो भन्दा मुनिका कुनै पनि नेतालाई थाहा नभएको भनि देउवालाई नजिकबाट बुझ्ने काँग्रेसकै एक नेताले हाम्राकुरालाई बताएका थिए ।
पछि त्यही शुत्र अनुसार दुवै पार्टीभित्रको जिम्मेवारी बाँडफाट र परिचालन हाइकमाण्डबाटै हुँदै आएको कहीँ कतै नछुपेको माओवादीका एक नेताले बताएका छन् ।

उनले भने, ‘पार्टीमा कुनै विषयमा छलफल गराउनु परे वा कुनै जिम्मेवारी हेरफेर गर्नु परे पार्टी अध्यक्षलाई नै जिम्मेवारी दिने गरिएको छ । दोस्रो तहका नेताले जिम्मेवारी हेरफेरबारे आफै होमवर्क गर्न पाउँदैनन् ।’ काँग्रेसभित्र समेत असन्तुष्टी चुलिनुको कारण समेत नेतृत्वले नै सबै जिम्मेबारी बोक्नु नै रहेको बताइँदै छ । काँग्रेस माओवादी गठबन्धन भएदेखि दुवै पार्टीमा पदाधिकारी र जिम्मेवारीबारे खासै ध्यान नदिइएको भन्दै अालाेचना भइरहेकाे छ ।

देउवासँग सम्बन्ध गाँसेर दोस्रो पटक प्रधानमन्त्री भएका दाहालले आफ्नो सहमतिअनुसार नै देउवालाई सत्ताको साँचो सुम्पिएपछि देउवा नतमस्तक भएका छन् । देउवा प्रधानमन्त्रीमा निर्वााचित भएदेखि नै मुलुकका समस्याबारे समाधानको उपाय खोज्न भन्दै दाहाल निवास छिरेकै हुन्छन् । देउवा बालुवाटार सरेपछि त झन् लाजिम्पाट छिर्न सजिलो भएको छ ।  

प्रधानमन्त्री निर्वाचित भएपछि मात्रै देउवाले पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाललाई चार पटक भेटिसकेका छन् । देउवा प्रधानमन्त्रीको सपथ लिए लगत्तै दाहालको निजी निवास लाजिम्पाट छिरे । दोस्रो जेठ २४ गते देउवा फेरि समस्या आइपरेको भन्दै दाहाललाई भेट्न  बुढानीलकण्ठबाट लाजिम्पाट पुगे । तेस्रो पटक जेठ २९ गते देउवा पुनः लाजिम्पाट छिरे । मंगलबार चौथो पटक देउवा फेरि दाहालको निजी निवास लाजिम्पाट पुगे । देउवा सरकारी निवास सरिसकेपछि पनि दाहाल निवास छिर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बाहिर प्रधानमन्त्री भएको व्यक्तिले नजिकै रहेको सरकारी निवासमै दाहाललाई बोलाउन सक्थे भनेर आलोचना भएको छ ।

अर्कोतिर २०५२ सालमा माओवादीले सशस्त्र संघर्ष गरिरहेका बेला देउवा नै माओवादीको सबैभन्दा ठूलो दुश्मन थिए र अहिले आएर घाँटी जोडिएको मन नपरेको भनि टिप्पणी गर्नेहरु पनि धेरै छन् ।
नेपाली काँग्रेसभित्रको कोइराला विरासतलाई माथ गर्दै पार्टी नेतृत्वमा आएका देउवाको शैलीलाई लिएर पार्टीभित्र असन्तोसको पहाड खडा भएको छ । दाहालले सत्ताको ताला चावी सुम्पिएपछि देउवाले पटक–पटक उनकै नाम लिइरहे । त्यति मात्र नभई दाहालले देखाएको इमान्दारिताबाट प्रभावित भएको भन्दै आफु पहिले राजा महाराजाबाट पीडित भएको दुःखेसो गर्न भ्याएको बताइँदै छ । यद्यपि, देउवा आफु सरकारमा रहेसम्म दाहालसँगको हाइसेक्रेसीबारे पूर्णरुपमा सचेत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ