arrow

काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो सडक असारभित्र खुल्दै

logo
प्रकाशित २०७४ असार ७ बुधबार
nepal-china-flag.jpeg

काठमाडौं । काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्वको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ ।

मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले ७ किलोमिटर डबल लेन, ८ किलोमिटर सिंगल लेन खोलिसकेको छ भने १ किलोमिटर खोल्न बाँकी छ ।

यसपछि गल्छी वेत्रावती– मैलुङ स्याफ्रुबेसी– रसुवागढी जोड्ने उक्त सडक हुँदै राजधानी काठमाडौंबाट चीनको केरुङ करिब ४ घण्टामै पुगिने छ ।
चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ ।

उक्त सडकखण्ड ट्र्याक खोल्ने जिम्मेवारी पाएका मेजर सञ्जय केसीले मैलुङबाट स्याफ्रुबेसीसम्मको सडकखण्ड जोड्न अब एक किलोमिटर मात्र बाँकी रहेको र उक्त काम असारभित्रै सम्पन्न गर्ने जानकारी दिए ।

निर्माणाधीन सडक पासाङल्यामु राजमार्ग वेत्रावती (धुन्चे) स्याफ्रुबेसीको वैकल्पिक मार्ग हो ।

नयाँ सडक बनेपछि उत्तर (चीनको केरुङ) दक्षिण (भारतको ठोरी) जोडिने छ जुन त्रिदेशीय सडक जोड्ने सबैभन्दा छोटो सडक हुनेछ । उक्त खण्ड एउटा पनि घुम्ती सडक नहुनेगरी बनाइएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ