arrow

भारतीय क्रिकेट टिम प्रशिक्षकविहीन, कोहलीको असन्तुष्टिले चिप्लिए कुम्बले 

logo
प्रकाशित २०७४ असार ७ बुधबार
kumble-kohli.jpg

काठमाडौं । भारतीय सिनियर क्रिकेट टिम मुख्यप्रशिक्षकविहीन बनेको छ । कप्तान विराट कोहलीसंग राम्रो सम्बन्ध बन्न नसकेपछि प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएका हुन् ।

कोहलीसंग लामो समयदेखि चिसिएको सम्बन्धका कारण च्याम्पियन्स ट्रफी क्रिकेटमा 
 पनि जाने कि नजाने भन्दै कुम्बलेले सोचिरहेका थिए । 

तर उनको कन्ट्रयाक्ट पनि मंगलबार नै सकिएको छ भने वेष्ट इन्डिजविरुद्ध शुक्रबारदेखि हुने एक दिवसीय क्रिकेटमासमेत कुम्बले हुने छैनन् । 

उनले मंगलबार सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै राजीनामाबारे जनाएका हुन् । उनले ट्वीटरबाटै धन्यबादयुक्त चिठी पनि पोष्ट गरेका छन् । 

सो चिठीमा कुम्बलेले विगत एक वर्षदेखि भारतले हासिल गरेको सफलताको पछाडि कप्तान विराट कोहलीकै योगदान रहेकोसमेत बताएका छन् । 

भारतीय क्रिकेट बोर्डमार्फत कोहलीले आफ्नो शैली मन नपारेको जनाएपछि कुम्बलेले छोड्ने निर्णय गरेका हुन् । 

कुम्बलेले यसअघि आफ्नो समय थप्नका लागि आवेदनसमेत दिएका थिए । 

कुम्बलेको राजीनामापछि आधा दर्जन जतिले आवेदन दिएका छन् । 

आवेदन दिनेमा पूर्व क्रिकेटर वीरेन्द्र शेवाग पनि छन् । भारतीय संचारमाध्यमले शेवागलाई पनि प्राथमिकतामा राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ