arrow

तीन तहकै निर्वाचन गर्न झलनाथ खनालको जोड 

logo
प्रकाशित २०७४ असार ७ बुधबार
jhalanath-khanel.jpeg

इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ महिना सम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । 

इलाम सदरमुकाममा बुधबार बिहान कुराकानी गर्दै नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भएपनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गरे । 

चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ फड्को मार्ने र त्यसको नेतृत्व एमालेले नै गर्ने बताए ।

“निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ”, नेता खनालले भने, “आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ ।” 

पहिलो चरणको निर्वाचनको नतिजाले एमालेकै जितको सुनिश्चितता गरेको बताउँदै उनले समग्र देशको विकासका लागि एमालेलाई मतदाताले भोट दिनेमा आफू विश्वस्त रहेको विचार व्यक्त गरे । 

जिल्लाको विकास निर्माणमा आफूले स्थानीयतहदेखि केन्द्रसम्म पहल र प्रयास गरेको विचार व्यक्त गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि आर्थिक समृद्धि आवश्यक रहेको उल्लेख गरे । 

हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले अब आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै अभियान सुरुवात गर्नुपर्ने बताए । 

पर्यटनको अनेकौँ सम्भावना बोकेको पूर्वको यस जिल्लालाई देशकै नमुना बनाउन नेकपा एमालेले पहल थालेको समेत उनको भनाइ थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ