arrow

काँग्रेसले ल्यायो तिलोत्तमा किसानमैत्री कार्यक्रम

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
tilottama_nc._._._pp_7_.jpg

तिलोत्तमा । घरदैलो अभियानका क्रममा रुपन्देहीको तिलोत्तमाका घर खेतसम्म पुगिरहेका कांग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँण र उपमेयर उम्मेदवार गीता सारुले आकासे पानीको भर पर्नु पर्ने अवस्थाको अन्त्य गर्न सिचाइका प्रभावकारी र दिर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाए ।

कांग्रेसले सिंचाई सुविधा लिन सकिने खोला नालाहरूमा बाँध बाँधी सिंचाईको बिस्तार गर्ने, सिंचाइका नहरहरू पक्की बनाउने, भैलुभुजका बोरिङहरू मर्मत सम्भार गरी संचालनमा ल्याउनुका साथै डिप ट्युवेल जडानलाई प्राथमिकतामा राखेको छ । 

घरदैलोको क्रममा स्थानीयले कृषिका लागि सिचाइ,उन्नत बीउबिजन,मलखादको अभावका कारण कृषिबाटै पलायन हुनु पर्ने अवस्था रहेको गुनासो गरेपछि कांग्रेसका उम्मेदवारहरुको यस्तो प्रतिवद्धता आएको हो ।
नेपाली कांग्रेसको गठबन्धनले तिलोत्तमाको वडा नं ८, १०, १३ र १५ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको थियो ।
घरदैलो कार्यक्रममा  मेयर र उपमेयरका उम्मेदवार रामकृष्ण खाँण र गीता सारु,काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण वडा न १३ का वडाध्यक्ष नारायण ढकाल, १० का व्यासमुनी थारु, ८ का हरिलाल पाण्डे, १७ का दानबहादुर चौधरी, १६ का झविलाल भुसाल, ११ का तेजबहादुर कुवँर क्षेत्री लगायत नेपाली कांग्रेसका जिल्ला, क्षेत्र र नगरका पदाधिकारी तथा सदस्य तथा महासमिति र महाधिवेशन प्रतिनिधिहरु पनि सहभागी थिए ।
कांग्रेसले व्यवसायिक कृषिका लागि नगरभित्रै माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने र सबै किसानको पहुँच कायम गरी कृषकहरूलाई भूमि कार्ड वितरण गरिने योजना पनि बनाएको छ । 
कृषि उत्पादनको बजार बिस्तार गर्न एक वडा एक हाट र  कोल्ड स्टोरेज निर्माणलाइ प्राथमिकतामा राखिएको छ  । 

व्यवसायिक कृषिलाई पर्यटकीय गतिविधिसँग जोड्नुका साथै गाई पालन, अष्ट्रिज, मौरी,बाख्रा तथा माछा पालनलाई आवश्यक सहयोग एवम् प्रबर्धन गर्ने योजना पनि कांग्रेसको रहेको छ । 
मेयरका उम्मेद्वार खाँडले काँग्रेस र जनमुक्तिको गठबन्धनलाइ जिताउन नगरबासीलाइ आग्रह गर्दै किसानको सहुलियतकालागि गाई पेन्सन लागु गरी वृद्ध गाईलाई गौशलामा भरणपोषणको व्यवस्था मिलाइने योजना बनाइएको बताए  ।
त्यस्तै बाली तथा पशुबीमा कार्यक्रमलाइ प्रभावकारी बनाउनुका साथै मलखात, बीउबिजन औषधी आदिको सहज आपूर्तिका लागि सुपथ कृषि सामग्री पसल संचालन गर्ने योजना रहेको उपमेयरकी उम्मेदवार गीता सारुले बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ