arrow

महिला स्वास्थ्य सचिव : डा. किरण रेग्मी नियुक्त

मन्त्रिपरिषद बैठक : फास्ट ट्रयाकको कार्यविधि अनुमोदन

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
kiran_rg.jpg

काठमाडौं । सरकारले डा. किरण रेग्मीलाई स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गरेको छ । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले डा. रेग्मीलाई स्वास्थ्य सचिव  नियुक्त गर्ने निर्णय गरेको हो ।

अघिल्लो साता बढुवा समिति बैठकले डा. रेग्मीको नाम स्वास्थ्य सचिवमा बढुवाका लागि भन्दै मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । बढुवा समितिले डा. रेग्मीलाई एक्लो उम्मेदवार बनाएर सिफारिस गरेको थियो । रेग्मी मन्त्रालयको स्वास्थ्य विशेषज्ञसमेत हुन् । रेग्मी पहिलो महिला स्वास्थ्य सचिव समेत बनिन् ।  
रेग्मीको नियुक्तिसँगै सरकारमा बहालवाला महिला सचिवको संख्या दुई पुगेको छ । यसअघि याम कुमारी खतिवडा सचिव बनेकी थिइन् । महिला अधिकारवादी र सामाजिक अभियन्ताहरुले महिलाको संख्यात्मक उपस्थिति भएपनि गुणात्मक उपस्थिति नभएको टिप्पणी गर्दै आएका छन् ।

निजामती सेवामा महिला सचिवको संख्या अत्यन्त न्यून छ । यसअघि बृन्दा हाडा, ऋद्धिबाबा जोशी (प्रधान) सचिव बनेका थिए । जीवन प्रभा लामा सूचना आयोगमा कायम मुकायम सचिव बनिन् ।

महिला अधिकारवादी भारती सिलवाल गिरीले राज्यको नीति निर्माण तहमा पर्याप्त अभ्यास नभएको र संवैधानिक अधिकार प्रत्योयोजन गर्दा समेत छलफल तथा अध्ययनको अभाव भएको तर्क गरेकी छन् । जसको असर अहिले औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा देखिएको उनको भनाई छ ।

मन्त्रिपरिषद बैठकले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन गरेको छ । यस्तै, न्यायाधीश बाबुराम रेग्मी विशेष अदालतको सदस्यमा नियुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ