arrow

एमाले बाहेक अरुले यो मुलक चलाउन सक्दैनन्–भट्टराई

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असार ८ बिहिबार
yogesh-bhattarai.jpg

पाँचथर । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले बाहेक अरु पार्टीले यो मुलुक चलाउन नसक्ने बताएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर १ भालुचोकमा आयोजित बृह्त चुनावी सभालाई सम्वोधन गर्दे उनले यस्तो बताएका हुन् ।

प्रदेश नम्बर १ र ५ मा पनि संगठन राम्रो भएको हुँदा अब हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पाटी बन्ने उनको भनाई थियो । हिजो महिनौ दिनसम्म नाकाबन्दी हुँदा पनि एमाले कहिल्यै नझुकेको र अब पनि अन्य पार्टी जस्तो भारत परस्त नहुने उनको भनाई छ ।

कार्यक्रममा हिलिहाङ गाउँपालिका अध्यक्ष पदका उम्मेद्धवार भुवानी लिङदेन,एमाले काठमान्डौँ पाँचथर सम्पर्क मंचका पूर्व अध्यक्ष केशर बहादुर अधिकारी,नेतृ भूमिका नेम्बाङ लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
नयाँ