arrow

चिया मजदूरको समर्थन कांग्रेसका उम्मेद्वारलाई

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
20170622_100142.jpg

विर्तामोड । चिया वगानमा काम गर्ने मजदूरहरुले नेपाली कांग्रेसका उम्मेद्वारहरु सहयोग र समर्थन गर्दै आषाढ १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउने निर्णय गरेका छन् । 
चुनावी प्रचारको क्रममा विर्तामोड नगरपालिका–६ स्थित चिया वगानमा पुगेका विर्तामोड नगरपालिकाका मेयर र उपमेयरका उम्मेद्वारहरु जलकुमार गुरुङ र पार्वता गिरी सहितको टोलीसमक्ष मजदूरहरुले यस्तो निर्णय सुनाएका हुन् । 
उनीहरुले विगतका चुनावका समयमा धेरै उम्मेद्वारहरुले मजदूरका समस्या समाधान गर्ने आश्वासन दिएर पनि पूरा नगरेको गुनासो कांग्रेसका उम्मेद्वारहरुसमक्ष राखेका थिए ।
चिया वगानका मजदूरहरुले पारिश्रमिक बृद्धि, पेशाको सुनिश्चितता,बगान मजदूरलाई सुरक्षित आवास, मजदुरको बालबचच्चा पढाउन बालविकास केन्द्रको स्थापना, बाटो निर्माण, बिजुली वत्तीको व्यवस्था र खानेपानीको सुविधा लगायतका माग राखेका थिए । 
चिया मजदूरहरुले बिहीवारदेखि दैनिक ज्यालादारीमा काम गर्ने मजदुरले ३२ किलो चिया पत्ति टिप्नुपर्ने सम्बन्धमा मालिकहरुले जारी गरेको सूचनाको पनि विरोध गरेका छन् । 
यस्ता मजदूरहरुले २०६३ सालदेखि अहिलेसम्म दैनिक २६ केजी चिया टिप्दै आएका थिए । त्यो भन्दा बढी टिपेमा ओभरटाइम पाउँथे । 
६ केजी बढी टिप्नुपर्ने व्यवस्थाले मजदुरहरु अन्यायमा परेको युनियन इकाई अध्यक्ष टिम्की चौधरीले बताए । 
चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका उम्मेदवारहरुले मजदूरका समस्या समाधान गरिने वचन दिए ।
चुनावी प्रचार अभियान अन्तर्गत विर्तामोड नगरपालिकाका वडा नम्बर–१, ३, ४ सहित सबै वडामा घरदैलो तथा कोणसभा भैरहेका छन् । 
वडा नम्बर १ र ३ मा आयोजित सभामा मेयर र उपमेयर पदका उम्मेद्वार जलुकुमार गुरुङ र पार्वता गिरी, वडा नंं १ र ३ का वडाध्यक्षका उम्मेद्वारद्वय देवीका बस्नेत र भोजराज सिटौला, सांसद अमृतलाल राजवंशी,  पार्टी जिल्ला सचिव लक्ष्मण खड्का लगायतले नगरको विकासकोलागि नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउन आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ