arrow

चिनियाँ राष्ट्रपति सि हङकङ जादै

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
sijing.jpg

हङकङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्काो हप्ता हङ्कङ जाने भएका छन् । आगामी हप्ता उनले हङ्कङ भ्रमण गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शुक्रबार सार्वजनिक गरेका छन् । 

हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको आगामी हप्ता २० बर्ष पुग्न लागेको छ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लागेका हुन्  । यस समाचारलाई सार्वजनिक गरिएको भए पनि उनले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरुले भने केही बताएका छैनन् । 

सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो उनको पहिलो हङ्कङ भ्रमण हो । चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले उनको हङ्कङ भ्रमण निश्चित भएको समाचार शुक्रबार छापेको छ । तर सो समाचारमा एकजना सरकारी अधिकारी भनेर दिइएको छ र ती अधिकारीको नाम भने खुलाइएको छैन । त्यसैले पनि उक्त समाचारको विश्वसनीयताको प्रश्न उठाइएको छ । 

हङ्कङमा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ । सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङ्कङका नागरिकमा यसका कारण निराशा छाएको पनि बताउँदै आइएको छ । यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण नगर्न पनि सक्ने भन्ने अनुमानहरु पनि आइरहेका बेला शुक्रबार उक्त चिनियाँ पत्रिकाले सो समाचार सार्वजनिक गरेको छ । 

प्रदर्शनकारीहरुले हङ्कङ हस्तान्तरण गरिएको समयको अवसर पारेर ठूलो सङ्ख्याका नागरिकले प्रदर्शनको तयारी पनि गरेका छन् । त्यसैले पनि उनको भ्रमणको समयमा ठूलो मात्रामा सुरक्षा दिनुपर्ने अवस्था रहेको पनि विश्लेषकहरु बताउँछन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ