arrow

यस्तो छ 'पत्रकार नेतृ'हरुको समाज परिवर्तनको सूत्र

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
patrakar_netriharu.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचन प्रमुख या उपप्रमुख मध्ये एउटामा महिला अनिवार्य उम्मेदवार हुनैपर्ने कानूनी प्रावधानपछि स्थानीय तहको निर्वाचनमा महिलाहरुको सहभागिता पनि चुलिएको छ । समाजमा धेरै उल्लेखनीय काम गरेर पनि पितृ सत्तात्मक सोचका कारण पछि परिरहेका नेतृहरु पनि उम्मेदवार बन्न थालेका छन् । 

२० वर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा समाजमा रहेका समस्याहरुलाई कलमको माध्यमबाट परिवर्तनको प्रयास गरेका महिलाहरु अब राजनीतिबाट नै समाज परिवर्तन गर्ने भन्दै परिवर्तनको एजेण्डा बोकेर चुनावमा होमिएका छन् । पहिलो स्थानीय तहको निर्वाचनमा समेत धेरै पत्रकार नेतृहरुले उम्मेदवारी दिएका थिए । ती मध्ये धेरैले सफलता पनि पाएका छन् । नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियनसँग सम्बन्धित नेतृहरु बढी मात्रामा चुनावमा टिकट पाउनेमा पर्दछन् । 

उमा थापा मगर, नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार हुन् । नेपाल प्रेस युनियनकी पूर्व केन्द्रीय सदस्य समेत रहेकी मगर उपमहानगरका सबैको एउटै माग विकास रहेको भन्दै आफ्नो पनि मूल एजेण्डा विकाससम्बन्धि नै रहेको बताउँछिन् । पत्रकारितामार्फत् आफूले नजिकबाट नियालेको समस्यालाई अब समाधान गर्नको लागि आफू उपमेयरको उम्मेदवार बनेको उनको दाबी छ । उनले विकासको कामलाई महिला सशक्तिकरण र गरिबहरुको उत्थान तर्फ लगाएर समतामुलक समाजको विकास गर्नको लागि आफ्नो उम्मेदवारी आवश्यक रहेको उनले बताईन् । 

उपमहानगरभित्र सुविधा सम्पन्न पुस्तकालय निर्माणगर्ने तथा खेलकूदलाई आफूले सबैभन्दा महत्वपूर्ण स्थानमा राखेर अघि बढ्ने बताए । महिला क्रिकेटरहरुको उद्गमस्थल समेत रहेको नेपालगञ्जलाई साँच्चिकै महिला क्रिकेटको हब बनाउनको लागि दिलोज्यान दिएर काम गरिने बताए । खेलाडि पलायन हुने कुरालाई रोक्ने, खेलकूदको संरचना निर्माण लगायतका काममा आफूले जनताले देख्नेगरी काम गर्ने बताए । त्यस्तै, पत्रकारको लागि अक्षयकोष स्थापना गर्ने र एक जनापत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्नेकामको पनि थालनी गरिने उनले बताइन्। 

त्यस्तै, दीपा आले, जो खजुरा गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार हुन् ।  नेपाल मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष समेत रहेकी उनी सगरमाथा टेलिभिजन तथा नेपाल टेलिभिजनमा समेत काम गरिसकेकी छिन् । नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव समेत रहेकी उनी अहिले गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छिन् । कूल ४ जिल्ला पहाडि क्षेत्रमा तथा ४ जिल्ला तराई जिल्लामा पर्ने सो गाउँपालिकामा तराईको भेगमा विकासको काम ज्यादै कम हुने गरेकोले पनि त्यो क्षेत्रमा विशेषगरी स्वास्थ्य शिक्षा जस्ता पूर्वाधारका कामहरुलाई प्राथमितामा राखेर काम गर्ने प्रतिबद्धता उनले जाहेर गरेकी छिन् । अफ्ठयारो परिरिस्थितीमा पनि जनताको पक्षमा लडेर देखाएकोले आफ्नो जीत सुनिश्चित रहेको उनले बताईन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ