arrow

फोरम नेपाल र नयाँ शक्तिका साझा उम्मेदवारको पनि दाउ ठूलै !

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
candidate.jpg

भैरहवा । संघीय समाजवादी फोरम नेपालले भैरहवास्थित सिद्धार्थ नगरपालिकाको लागि अघि सारेको मेयर उम्मेदबार अर्जुन जयसवालले अन्य दललाई कडा टक्कर दिँदै भैरहवाको विकास योजना सार्वजनिक गरेका छन् । पेशाले उद्योगी व्यवसायी भएपनि समाजसेवाको क्षेत्रमा उनले भैरहवाको लागि ठूलो योगदान पुर्याएका छन् । 

मर्यादापुर सहकारी संस्थाकां जिल्ला प्रतिनिधि, जयसवाल सेवा समिति सिद्धार्थनगरको सदस्य, रामजानकी हनुमान मन्दिर सेवा समिति सिद्धार्थनगरको आजीवन सदस्य, वृहद् सामुदायिक सेवा समाज सिद्धार्थनगरको आजीवन सदस्य र न्यू स्टार क्लवको कोषाध्यक्ष भई सामाजिक क्षेत्रमा उको विशेष सक्रियता देखिन्छ । 

व्यवसायी भएर पनि राजनीतिक सक्रियता भने कम छैन । २०५२ सालमा नेपाल सद्भावना पार्टीमा प्रवेश गरी अहिलेका मेयर उम्मेदबार जयसवालले  राजनीतिक रुपले संगठित भएका थिए । तत्कालीन सद्भावना पार्टीमा उनी सक्रिय सदस्यको रुपमा आवद्ध थिए । 

मधेसमा अधिकार र स्वतन्त्रताका लागि भएका विभिन्न आन्दोलन र अभियानहरुमा पनि उनको सक्रियता अतुलनीय छ । यसक्रममा २०६२ सालमा मधेसमा आव्हान भएको नौ महिने आन्दोलनताका रुपन्देहीमा उनको ठूलो योगदान छ । यस्तै मर्चवारमा मालपोत र नापी कार्यालय विस्तार गर्ने आन्दोलन होस् अथवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल निर्माणका क्रममा घर जग्गा अधिग्रहण पीडितहरुले आफ्नो भाग राखी गरेको आन्दोलनमा समेत जयसवालको भूमिका अत्यन्तै सक्रिय रह्यो । 

भैरहवामा अत्यन्तै चर्चित रहेका जयसवालको राजनीतिक एवं सामाजिक सक्रियता र योगदानको मुल्याङ्कन गर्दै संघीय समाजवादी फोरम नेपालले मेयर पदको उम्मेदबार बनाएको छ । फोरम नेपालको चुनाव चिन्ह हातले समातेको मशाल बोकेर चुनावी तालमेल गरेको नयाँ शक्ति पार्टीले समेत जयसवाललाई समर्थन गर्दै चुनावी प्रचारमा जुटेको छ । 

लुम्बिनीको प्रवेशद्धारको रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाबाट नगर प्रमुख (मेयर) पदको उम्मेदवारको विजयी अभियानमा जुटेका जयसवालले जीत सुनिश्चित रहेको दाबी गर्दैछन् । सिद्धार्थ नगरपालिकाको स्थापना झन्डै पाँच दशकअघि भएपनि अवस्था अत्यन्तै दयनीय छ । सत्तामा सँधै हालीमुहाली गरेका कांग्रेस, एमाले र माओवादीका प्रतिनिधिहरुले बजेटमा ब्रम्हलूट मच्चाएकै कारणले सो क्षेत्र विकासको मूलबाट बञ्चित हुनु परेको उनले खरो टिप्पणी गरेका छन् । 

जनताले आफ्नो स्थानीय प्रतिनिधि आफै चुन्ने सुनौलो अवसर आएकोले स्वच्छ छवि, इमान्दार, जनताको मर्म र भावना बुझ्न सक्ने र स्थानीय एजेन्डसँग भिजेको उम्मेदबारलाई विजयी गराउनु पर्ने आग्रह गर्दै फोरम नेपाल र नयाँ शक्तिको तर्फबाट मेयर पदका प्रत्यासी जयसवालले आफ्नो लिखित प्रतिबद्धता सार्वजनिक गरेका छन् । 

(१) भैरहवाका व्यवसायीहरुले झेल्दै आइरहेको चुंगीकर सम्बन्धी समस्या समाधानका लागि चुंगीकर खारेज गर्ने । 
(२) नगरभित्र हुने विकास निर्माणका काम तथा सेवा प्रवाहमा भ्रष्टाचार रोक्न नागरिक सहभागितामा संयन्त्र निर्माण गर्ने । 
(३) नगरका सम्पूर्ण सडक बाटोहरु तीन वर्षभित्र कालो पत्रे गर्ने । 
४) बातावरणीय स्वच्छताका लागि ढक्कनसहितको ढल निर्माण एवं फोहरमैला व्यवस्थापन र प्रशोधन गर्ने । 
(५) औद्योगिक करिडोरको शीघ्र सञ्चालन र सिद्धार्थ नगरलाई लोड सेडिङ्गमुक्त बनाउन पहल गर्ने । 
(६) स्वच्छ पिउने पानी घरघरमा पु¥याउने । 
(७) आर्थिक विपन्न परिवारका लागि सस्तो पसल मार्फत उपभोग्य सामाग्री बिक्री वितरणको व्यवस्थ मिलाउने । 
(८) आर्थिक विपन्न परिवारलाई औषधी उपचार, चाड पर्व, काजक्रिया आदिमा सहयोगका लागि आर्थिक कोषको स्थापना गर्ने । 
(९) यस नगरमा बहुल जाति, भाषा, धर्मका मानिसहरु बसोवास गर्ने हुँदा सवै समुदायको सांस्कृतिक पहिचानको संरक्षणका लागि सामुहिक साँस्कृतिक संग्रहालय स्थापना गर्ने । 
(१०) अपाङ्ग मैत्री एवं बाल मैत्री शासन प्रणालीलाई प्रभावकारी रुपमा लागू गर्ने । 
(११) महिला, यूवा, बालबालिका एवं लक्षित समुदायको विकासका लागि विशेष योजना सञ्चालन  गर्ने ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ