arrow

एसियन क्लब प्रिमियर लिग : नेपाल स्टोर्मको लगातार दोस्रो जित

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
asian-primer-legue.gif

काठमाडौं । एसियन क्लब प्रिमियर लिग (एसीपीएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्ट्रोमले श्रीलंकन लायन्समाथि एक विकेटको जित हात पार्‍यो ।

लायन्सले टस जितेर पहिले ब्याटिङ गदै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनायो । लायन्सका लागि उत्सव चन्द्रले अविजित रहँदै सर्वाधिक ४० रन बनाए । उनले ३० बल खेल्दै तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै निखिल नमदेवले २६ तथा करण वालियाले १९ रन बनाए । नेपाल स्ट्रोमका आशिष विष्ट, कप्तान हसिब हमजाद र गौरव बारबाडेले दुई दुई विकेट लिए ।

श्रीलंकन लायन्सले दिएको एक सय ४९ रनको लक्ष्य नेपाल स्ट्रोमले अन्तिम ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो । स्ट्रोमको जितमा दिशान्त यादवले अर्धशतकीय पाली खेले । सुरुदेखि नै आक्रमक ब्याटिङ गरेका यादवले ४२ बलमा ५० रन बनाए । यस्तै जितेन्दर शर्माले आक्रामक पाली खेल्दै अविजित ३३ रनको महत्वपूर्ण योगदान दिए । उनले १३ बलमा ३३ रनको महत्वपूर्ण पाली खेले । श्रीलंकन लायन्सका लागि निशासन सामाराकोड्डीले दुई विकेट लिए । यस्तै बैभव अरोरा र उत्सव चन्द्रले समान एक एक विकेट लिए ।

६ टोली सहभागी प्रतियोगितामा नेपाल स्टोमले आफूले खेलेका दुवै खेलमा जित हात पार्दै चार अंकका साथ शीर्ष स्थानमा छ । एक खेल खेलेको दुवई वारियर्स दुई अंकका साथ दोस्रो र अफगानिस्तान बुल्स तेस्रो स्थानमा छ । यसैगरी तीन खेल खेलेको श्रीलंकन लायन्सले दुई खेलमा हार र एक खेलमा जित हात पार्दै दुई अंक जोडेको छ । लिगमा दुई खेलमा एक खेल जितेको बंगलादेश टाइगर्स पाँचौं र आफूले खेलेका दुवै खेलमा हार बेहोरेको इन्डियन स्टारर्स अन्तिम स्थानमा छ । शनिबार बंगलादेश टाइगर्स र दुवई वारियर्सवीच खेल हुनेछ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ