arrow

ताप्लेजुङबाट दार्चुला पुगेका गगनले काँग्रेसको शत्रुबारे गरे यो व्याख्या

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
gagan_thapa_darchula.jpg

काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले काँग्रेसको मूल शत्रु एमाले, माओवादी र मधेशकेन्द्रीत दलहरु नभए गरिबी, अशिक्षा र बेरोजगारी रहेको बताएका छन् । दार्चुलाको महाकाली नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् । 

सुदुर पूर्वी जिल्लाका चुनावी प्रचार अभियान सकाएर सुदूरपश्चिम पुगेका नेता थापाले काँग्रेस अब आफ्नो मूल शत्रु गरिबी, अशिक्षा र बेरोजगारीलाई परास्त गरेर मुलुकलाई दीगो विकास, शिक्षित र सुखी बनाउनतर्फ केन्द्रीत रहेको बताए। 

कार्यक्रममा बोल्दै नेता थापाले मुलुकमा जतिपनि राजनीतिक परिवर्तन भएको छ ती सबै राजनीतिक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्व गरेकोले अब आर्थिक समृद्धिको सुरुवात पनि काँग्रेसको नेतृत्वविना सम्भव नरहेको बताए । देशलाई अहिले उच्छृङ्खल बनाउने भन्दापनि मिलाउने शक्ति चाहिएकोले अहिले मुलुकलाई नेपाली काँग्रेस चाहिएको उनको भनाई थियो । 

शुक्रबार मन्त्री थापाले दार्चूलाका दुई नगरपालिकाहरु शैलशिखर र महाकालीका साथै मालिकार्जुन गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेका थिए । ती कार्यक्रमहरुमा शैलशिखरमा नगरपालिकाका मेयरका उम्मेदवार अमरजीत धामी, महाकालीमा हंशराज भट्ट र मालिकार्जुनमा नरेन्दर सिंह धामी लगायतले सम्बोधन गरेका थिए ।

स्थानियका अनुसार दार्चुलामा कॉग्रेसको जीतको माहौल छ । महाकालीको चुनावी सभा पनि ऐतिहासिक ठूलो भएपछि काँग्रेस कार्यकर्ताहरु उत्साहित भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ