arrow

कपिलवस्तु नगरको समग्र विकासमा समर्पित किरण र लक्ष्मी 

logo
प्रकाशित २०७४ असार १० शनिबार
kapilvastu-congress-kiran-laxmi.jpg

कपिलवस्तु। कपिलवस्तु नगरपालिकाको समग्र विकासको सपना बोकेका किरण सिंह र लक्ष्मीदेवी कसौधनलाई नेपाली कांग्रेसले यस नगरपालिकाको मेयर र उपमेयरमा उम्मेद्वार बनाएको छ । अहिले दुवै उम्मेद्वारहरु वडा अध्यक्ष र सदस्यका उम्मेद्वार सहित जिल्ला नेतृत्व र कार्यकर्ताहरुलाई  साथ लिएर मतदाताहको ढोकाढोका र खेतबारीमा पुगिरहेका छन् । 

मेयर पदका उम्मेद्वार किरण सिंह यसपूर्व उपमेयरका रुपमा कार्यरत रही जनताका माझ आफूलाई एक विकासप्रेमी, जनसेवी, सक्षम र इमान्दार राजनीतिक व्यक्तित्वको रुपमा स्थापित गरिसकेका व्यक्ति हुन भने उपमेयरकी उम्मेद्वार महिला नेतृ कसौधन जोश,जाँगर, सकारात्मक सोचले भरिएकी उत्साही व्यक्तित्व हुन। स्नातक तहसम्म अध्ययन पूरा गर्नुभएकी ३७ वर्षीय नेतृ कसौधनलाई उपमेयर बनाउन युवा तथा महिलाहरु अत्यन्त उत्साह र उमंगकासाथ प्रचार–प्रसारमा जुटेकां छन् ।

कपिलवस्तु नगरपालिकाका पुर्व उपमेयर समेत रहिसक्नुभएका किरण सिंह नगर क्षेत्रको समग्र विकासका मुद्दा,देखिएका समस्या र तिनको समाधानप्रति भलिभाति परिचित छन् । निकै सरल मिजास भएका सबै तप्काका मतदाताहरुसंग पनि उत्तिकै घुलमिल हुनसक्ने सिंहलाई कपिलवस्तु नगर क्षेत्रमा गरीब, दलित, महिला, आदिवासी, जनजाति लगायत अन्य सवै वर्ग समुदायका लोकप्रिय नेताको रुपमा चिन्ने गरिन्छ ।

कपिलबस्तु जस्तो ऐतिहासिक,धार्मिक र पुरातात्विक महत्व बोकेको नगरपालिकाको नेतृत्व लिन अग्रसर नेपाली कांग्रेसका उम्मेद्वारहरुसंग यस नगरको विकासको खाका पनि तयार छ । ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरुको उत्खनन, संरक्षण र सम्बर्धन, पर्यटकीय स्थलहरुको विकास र प्रचार–प्रसार, वडावडामा पक्की  सडक, भरपर्दो विद्युत आपूर्ति, किसानहरुलाई सहज र सुलभदरको कर्जा, शैक्षिक संस्थाहरुको स्तरोन्नति, युवा र महिलाहरुको लागि सीपमूलक तालिम र रोजगारी, नागरिकमैत्री कर नीति, सहभागितामूलक योजना तर्जुमा र विकासमा जनसहभागिता जस्ता कार्यक्रमलाई उनिहरुले अगाडि सारेका छन्।  

कपिलवस्तु नगर क्षेत्रमा शिक्षा, स्वास्थ्य, संचार, यातायात, खानेपानी, ढल व्यवस्थापन, निशुल्क वाईफाई क्षेत्र लगायतका सम्पूर्ण भौतिक पुर्वाधारहरुको विकास गरी सुन्दर पर्यटकीय नगर बनाउन आफुहरुलाई मेयर र उपमेयर पदमा विजयी गर्न मतदाताहरुसंग मेयरका उम्मेदवार सिंह र उपमेयरकी उम्मेदवार कसौधनले अपील गरेका छन् । 

२० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा नगरवासीहरुले परिवर्तन खोजेको भन्दै परिवर्तनका लागि आफुहरु नेतृत्व लिन निर्वाचनमा सहभागी भएको नेतृ कसौधनले बताइन। नेतृ कसौधन तौलिहवाको प्रतिष्ठित व्यवसायी र महिला समाजसेवीको रुपमा परिचित छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ