arrow

मेचीनगर काँग्रेसको घोषणा–पत्रः रिङरोड, स्मार्ट शहरदेखि विजुली उत्पादनसम्म

तपाईको सपना काँग्रेसको संकल्पः भ्रष्टचारमुक्त, सदाचारयुक्त समुन्नत मेचीनगर

logo
प्रकाशित २०७४ असार १० शनिबार
MechiNagar-congress-_Manifesto.jpg

झापा। यही आषाढ १४ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस मेचीनगरले चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । संकल्प–पत्र नाम दिएको १६ पृष्ठ लामो सो घोषणा पत्रमा नगरको बाहिरी भाग र छिमेकी गाउँपालकिा समेतलाई जोडेर रिङरोड र नगरभित्रका बिभिन्न बजारहरुलाई स्मार्ट शहर बनाउने उल्लेख गरिएको छ ।

संकल्प–पत्रमा मेचीनगरको बाहुनडाँगी–काँकरभिट्टा–सतिघट्टा–गोमनसरी–बिचार्नी–दुवागढी–धाईजन र बुद्धशान्ति गाउँपालिकाका बुधबारे–शान्तिनगरलाई जोडेर रिङरोड बनाउने उल्लेख गरिएको छ । 

मेचीनगरका मुख्य बजार क्षेत्रहरु काकरभिट्टा, ईटाभट्टा, धुलाबारी, बाहुनडाँगी र चारआलीलाई ब्यवस्थित गरि स्मार्ट शहरको रुपमा बिकास गर्ने काँग्रेसले घोषणा पत्रमा उल्लेख गरेको छ । 

त्यस्तै नगर क्षेत्रमा अर्गानिक उत्पादनमा जोड दिने संकल्प पत्रमा उल्लेख गरिएको छ ।

“तपाईको सपना काँग्रेसको संकल्पः भ्रष्टचारमुक्त, सदाचारयुक्त समुन्नत मेचीनगर” भन्ने मूल नारा राखेर जारी गरिएको संकल्प–पत्रमा नगर क्षेत्रमा समान शिक्षाकालागि सामुदायिक विद्यालयको स्तर उन्नती गर्ने, प्राविधिक शिक्षा व्यवस्था , आधुनिक पुस्तकालय र सामुदायिक सिकाइ केन्द्रको स्थापना लगायतका कुरा समावेश गरिएको छ । 

यस्तै  स्वास्थ्यमा सवैको पँहुच पुर्याउन सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन मेची स्वास्थ बीमा थालिने उल्लेख गरिएको छ ।

मेचीनगर क्षेत्रमा कृषि तथा पशुजन्य उद्योगको स्थापना र कृषकहरुको क्षमता  विस्तारकालागि सुलभ ऋणको व्यवस्था , ग्रामीण बचत संकलन तथा परिचालन, कर्जा प्रवाहमा सहकारी संस्थाहरुको भुमिका अभिवृद्वि , नगरपालिकाका सवै वडामा वित्तीय सेवाको पहुँचका लागि बैङ्कका शाखा विस्तार, ऐतिहासिक, धार्मिक सांस्कृतिक , प्राकृतिक स्रोत र सम्पदाको संरक्षण,सम्बर्धन र सौन्दर्यीकरण मार्फत आर्थिक आर्जनको आधार निर्माण लगायतका विषय संकल्प–पत्रमा समावेश गरिएको छ । 

यस्तै संकल्प–पत्रमा शहरी क्षेत्रमा खानेपानी, ढल, विजुली र आवास लगायतका कुराहरु समावेश गरिएको छ । पर्यटकीय सभ्भावना वोकेका बाँहुनडागी,काकरभिट्टा लगायतका स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने तथा मेचीनगरभित्र रहेका स्वास्थ्य संस्थाहरुलाई आधुनिक र सुविधा सम्पन्न बनाउने कार्यक्रम काँग्रेसको संकल्प–पत्रमा उल्लेख छ । 

आगामी ५ वर्ष भित्रमा नगरका सवै वडाहरुलाई पक्की सडक मार्गले जोड्ने , मेचीनगर १५को मेचीपारीको नेपाल भनेर चिनिने ग्वाला बस्ती जाने बाटो , मेची नदीमा झोलुङ्गे पुल निर्माण, मेची, निन्दा, टिमाई खोला , हँडिया खोला लगायतमा निर्माण भएका सिँचाई पुर्वाधारको मर्मतसंभार लगायत काँग्रेसको पहलमा निर्माणाधीन धाइजन दुहागढीका सिँचाई योजना सम्पन्न गर्ने र सिद्धि नहर नियमित सञ्चालन विस्तार मर्मत सम्भार गर्ने कार्यक्रम पनि कांग्रेसका उम्मेद्वारले ल्याएका छन् । 

त्यस्तै नगरभित्रका रेडियो र स्थानीय पत्रपत्रिकालाई संरक्षण र १०० वाटका एफ.एम र टेलिभिजन सञ्चालन अनुमतिका साथै टेलिफोन,ईन्टरनेटको सेवा क्षमता विस्तार,कला साहित्य,संस्कृतिको संरक्षण लगायतका विषय पनि संकल्प–पत्रमा उल्लेख गरिएको छ । 

यसरी नै ज्येष्ठ नागरिकलाई उचित सम्मान , वेरोजगार युवाकालागि २५ प्रतिशत युवा लगानी , २५ प्रतिशत अनुदान र ५० प्रतिशत सहुलियत ऋणको व्यवस्था गरि स्वरोजगारीको सृजना , व्यवस्थित शहरको निर्माण, सुविधा सम्पन्न रङ्शाला , निजी क्षेत्रको सहभागितामा स्पोर्टस कम्प्लेक्स एवम् एक वडा एक खेल मैदानका साथै आधुनिक कृषि प्रणाली , कृषि उत्पादनको प्रशोधन र बजारीकरण , स्वास्थ जिवनकालागि शुद्ध पिउने पानी लगायतका विषय पनि संकल्प–पत्रमा समावेश गरिएको छ । 

यस्तै जेष्ठ नागरिक सेवा आश्रम स्थापना,औद्योगिक क्षेत्रको स्थापना सिद्धि खोलाबाट १० मेगावाट बिद्युत उत्पादन गरी मेचीनगरबासीहरुलाई शेयर बितरण गर्ने समेत योजना कांग्रेसले उल्लेख गरेको छ । 

नेपाली काँग्रेसको वडा नं १० को प्रचार कार्यालय धुलाबारीमा एक कार्यक्रम आयोजना गरी केन्द्रीय सदस्य बिश्वप्रकाश शर्माले संकल्प पत्र सार्वजनिक गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ