arrow

काशी विश्वनाथ मन्दिरका १० रोचक विश्वास, कुनै त पत्याउनै गाह्रो पर्ला 

logo
प्रकाशित २०७४ असार १० शनिबार
biswanath_kashi.jpg

काठमाडौं । हिन्दूहरुको मूल धर्मस्थल हो काशी । जीवनमा एक पटक काशी नपुगेको खण्डमा स्वर्ग पुगिँदैन भनिने विश्वनाथ भारतको उत्तर प्रदेश स्थित वाराणसीमा अवस्थित रहेको छ । काशीमा १२ ज्योतिर्लिङ्ग मध्ये प्रमुख ज्योतिर्लिङ्ग  काशीको विश्वनाथ दरबारमा रहेको विश्वास गरिन्छ । यहाँ वाम रुपमा स्थापित बाबा विश्वनाथ शक्तिकी देवी माता भगवतीसँग विराजमान छन् । यहाँ केही अद्भुत तथ्यहरु पनि रहेका छन् । यी १० विश्वासहरु तल दिईएको छ । 

१. काशी विश्वनाथ मन्दिरमा रहेको ज्योतिर्लिङ्ग दुईभागमा विभाजित गरिएको छ । जसको दाहिनेभागमा माता भगवती विराजमान हुनुहुन्छ भने अर्काे भागमा भगवान शिवको सुन्दर स्वरुप रहेको छ । यसैले पनि काशीलाई मुक्ति क्षेत्र मान्ने गरिएको छ । 

२. देवी भगवती दाहिना परेर बसेको हुनाले मुक्तिको मर्ग केवल बनारसमा मात्रै खुल्ने विश्वास गरिन्छ । यहाँ भगवान शिवको तारक मन्त्रले अकालमा मृत्यु भएका माथिहरुको मुक्ति दिने भएकोले त्यसरी  अकालमा मृत्यु भएकाको मुक्तिका लागि उसका परिवारहरुले एकपटक काशीमा दर्शन गर्ने अनिवार्य छ । 

३‍. श्रृंगारको समयमा सबै मूर्तिहरु पश्चिम फर्किर रहने गरेका छन् । यो ज्योतिर्लिङ्गमा शिव तथा शक्ति दुबै एकैसाथ रहेका छन् । यस्तो कतैपनि देखिँदैन । 

४ विश्वनाथ दरबारमा गर्भ गृहको शिखर छ। यसको माथि  रहेको एउटा गुम्बद तान्त्रिक सिद्धिको लागि उपयुक्त स्थान हो। यो ठाउँ यन्त्र(तन्त्र साधनाका लागि प्रमुख मानिने गरेको छ ।  
  
५ बाबा विश्वनाथको दरबारमा तंत्रको दृष्टिले चार प्रमुख द्वार रहेको छ । पहिलो शान्ति द्वार दोस्रो कला द्वार तेस्रो प्रतिष्ठा द्वार र चौथो निवृत्ति द्वार। यी चार द्वारको तन्नमा फरकफरक स्थान रहेको छ । 

६ बाबा विश्वनाथको ज्योतिर्लिङ्गको गर्भगृह ईशान कोणमा रहेको छ । यस कोणको मतलव हो सम्पूर्ण विद्या तथा हर कलाबाट परिपूर्ण दरबार हो। तन्त्रको १० महाविद्याका अद्भुत दरबार, जहाँ भगवान शंकरको नाम नै ईशान हो । 

८ मन्दिरको मुख्यद्वार दक्षिण मुख पट्टि रहेको छ । यसकारण मन्दिरको मुख्यद्वार दक्षिणबाट उत्तरतर्फ प्रवेश गरिएको छ। यसकारण सबैभन्दा पहिले बाबाको अघोर रूपको दर्शन हुनेछ। यहाँबाट प्रवेश गर्नेको पापताप नष्ट हुने विश्वास छ । 

९ बाबा विश्वनाथ काशीमा गुरु तथा राजाको रूपमा विराजमान छन्। त्यहाँ दिनभर गुरुको रूपमा काशीमा भ्रमण गर्छन्भने । राती नौ बजे जब बाबाको श्रृंगार आरती गरिन्छ । त्यसपछि उनी राजाको भेषमा हुनेछन् । यसकारण शिवलार्इ राज राजेश्वर पनि भनिन्छ । 

१० बाबा विश्वनाथको अघोर स्वरुपको दर्शन गर्नेले मात्रै जन्मजन्मान्तरको पापबाट मुक्त हुन् विश्वास रहेको छ । शिवरात्रिमा बाबा विश्वनाथ औघड रूपमा समेत विचरण गर्छन् । सो समयमा उनीसँग भूत, प्रेत, जानवर, देवता, पशु पक्षीलगायत सबै शामिल हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ