arrow

प्रचण्डले कुलमानलाई घरमा बोलाएर भने –सुदूरपश्चिमको लोडसेडिङ हटाइदिनुस्

भोट बढाउने जुक्ति

logo
प्रकाशित २०७४ असार १० शनिबार
dahal-_kulman.jpg

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई घरैमा बोलाएर सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने विषयमा छलफल गरेका छन् ।

चुनावी अभियानका क्रममा तीन दिनअघि सुदूरपश्चिमका विभिन्न ठाउँ घुमेका अध्यक्ष दाहाललाई कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा लोडसेडिङ हटेपनि सुदुरपश्चिममा लोडसेडिङ अन्त्य नभएको गुनासो गरेका थिए । स्थानीय जनताको गुनासो सुनेपछि अध्यक्ष दाहालले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए ।

शनिबार विहान धनगढीबाट काठमाडौं फर्किएका अध्यक्ष दाहालले कुलमानलाई आफू काठमाडौं आइपुग्दा लाजिम्पाट आउन आग्रह गरेका थिए । काठमाडौं आएलगत्तै अध्यक्षले कार्यकारी निर्देशक घिसिङसँग सुदुरपश्चिममा लोडसेडिङको समस्या कम नभएको जानकारी गराउँदै तुरुन्त लोडसेडिङ अन्त्य गर्न अनुरोध गरे ।

भेटमा कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरे । घिसिङलाई दाहालले नै आफ्नो सरकार हुँदा विद्युत् प्राधिकरणको कार्यकारी बनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ