arrow

इटहरीमा एमालेभित्र खैलाबैला, पार्टी भित्रैबाट उम्मेदवार हराउने खेल सुरु

logo
प्रकाशित २०७४ असार ११ आइतबार
laxmi.JPG

इटहरी । स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट इटहरीकी उपमेयर बनेकी उम्मेदवारलाई हराउन पार्टी भित्रैबाट अन्तर्घात सुरु भएको छ ।

उम्मेदवार लक्ष्मी गौतम विरुद्ध इटहरीका केही वडाहरुमा संगठित रुपमा अन्तर्घात सुरु भएको पार्टीकै माथिल्लो तहका नेताहरुले स्वीकार गरेका छन् । 

गौतमलाई हराउनको लागि भोट नदिनु भनेर प्रचार सुरु भएको हो । 

यस्तो गतिविधिले पार्टीभित्र खैलाबैला मच्चिएको छ । पार्टी स्रोतका अनुसार वडा नं १, २, ४, ८, ९ र २० मा गौतम विरुद्ध विशेष समुह नै सक्रिय गराइएको छ । 

मतदातालाई भेटेर गौतमलाई भोट नदिन लबिङ सुरु गरिएको जानकारी पार्टीको उच्च तहसम्म पुगेपछि पार्टीले छानविन अघि बढाएको छ । 

गौतमविरुद्ध पार्टीका जिम्मेवार नेताहरु नै लागेपछि त्यसलाई लिएर एमाले इटहरीभित्र खैलाबैला भएको हो । पार्टीका जिल्ला तहका उच्च नेताहरु अन्तर्घात गर्ने व्यक्तिहरु पत्ता लगाउन लागिपरेका छन् ।

उम्मेदवारविरुद्ध प्रचार गर्ने केही व्यक्तिहरुलाई सम्झाइ सकिएको र गल्ती स्वीकारेर माफीसमेत मागिसकेको पार्टीका एक नेताले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ