arrow

जुनसुकै तहको सरकार होस्, सबै जनताको शक्तिमा निहित छन् - प्रधानमन्त्री

logo
टेकराज अवस्थी,
प्रकाशित २०७४ असार ११ आइतबार
congress-chairman-Deuba.jpg.jpeg

डडेल्धुरा । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधान नेपाली काँग्रेसकै नेतृत्वमा कार्यान्वयन गर्ने अभिभारा आएको बताएका छन् । 

स्थानीय निर्वाचनको सन्दर्भमा सुदूरपश्चिमको चुनावी दौडमा रहेका प्रधानमन्त्री देउवाले  आईतबार गृह जिल्ला डडेल्धुराको सदरमुकाममा आमसभामा बोल्दै संविधानले सिंहदरवारको अधिकार गाउँमा सुनिश्चित गरिसकेकोले स्थानीय निर्वाचनलाई उपयोग गर्न मतदाताहरुलाई आग्रह पनि गरे । 

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले जनतालाई स्थानीय तहमा आवश्यक सबै अधिकारहरु स्थापित गरेकोले जनताको यहि अधिकारका लागि ७ दशकदेखि संघर्ष गर्दै आईरहेको पार्टी नेपाली काँग्रेसलाई अत्यधिक मत दिएर बिजयी गराउन आग्रह गरे । उनले आफूले विकासका सबै सम्भावनाहरुमा भरपुर प्रयास गर्ने पनि बताए । 

जनताले ऐतिहासिक रुपमा आफना अधिकारहरु घरदैलोमै पाउने यस अवसरलाई प्रयोग गरी सामाजिक र आर्थिक समृद्धि तर्फ उन्मुख हुन पनि प्रधानमन्त्री देउवाले आग्रह गरे । नेपाली काँग्रेस अमरगढी नगर समितिको आयोजनामा आयोजित चुनावी आमसभामा नेता शेषनाथ अधिकारी, प्रधानमन्त्री पत्नी एवं काँग्रेस नेतृ आरजु राणा देउवा, पार्टी जिल्ला सभापति कर्ण बहादुर मल्ल, पूर्व अमरगढी नगरप्रमुख मोहनराज पाठक लगायतका नेताहरुले मन्तव्य राखेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ