arrow

उपलब्धि संस्थागत गर्न बुलेटको विकल्पमा ब्यालेट – उपेन्द्र यादव

logo
प्रकाशित २०७४ असार ११ आइतबार
upendra_yadab.jpg

कपिलवस्तु । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतको आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न बुलेटको विकल्पमा ब्यालेट रोजेको बताएका छन् । बुलेट मात्रै समाधान नभएको तर्क गर्दै अध्यक्ष यादवले ब्यालेट (भोट) मा पनि अपार शक्ति भएकोले मधेश यसबाट पछि पर्न नहुने जिकिर गरे । आइतबार कपिलवस्तुको बहादुगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने,– ‘मधेशले जसरी सडक आन्दोलन गरेर दुनियाँलाई आफ्नो तागत देखाएको छ, ठीक त्यस्तै अहिले ब्यालेट मार्फत् शक्ति देखाउने गर्ने समय हो ।’

मधेशको शान्तिपूर्ण आन्दोलन माथि दमन गर्ने कांग्रेस, एमाले र माओवादीविरुद्ध वर्षौसम्म संघर्ष गरेको मधेशले भोटमार्फत् परास्त गर्न जनतालाई यादवले आह्वान गरेका छन् । ‘हिजो जसका विरुद्ध मधेशले संघर्ष गर्यो, आज उसकै खिलाफ मतदान गर्ने बेला आएको छ । मतदान पनि संघर्षकै माध्यम हो, मधेशले चुनावमा विजय हासिल गर्नुपर्छ’– यादवले भने ।

अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा जानुको मुख्यकारण शक्ति संचय गरि प्राप्त उपलब्धिलाई संस्थागत गर्नु नै रहेको प्रष्ट पारेका छन् । दशकौंदेखि भएको मधेश आन्दोलन र ज्यान गुमाएका शहिदहरुको सम्मानमा स्थानिय तहको निर्वाचनमा जानु परेको उनको जिकिर छ । ‘हामी चुनावमा गएनौं भने स्थानीय तहमा कांग्रेश, एमाले, माओबादी र राप्रपा लगायतका पार्टीहरुको बोलबाला हुनेछ र मधेशी जनता फेरि शोषित हुन्छन्’– अध्यक्ष यादवले भने  ‘लोकतान्त्रिक अभ्यासमा जनताको अधिकार सुनिश्चित गराउन पनि निर्वाचनमा जान आवश्यक छ ।’

कृष्णानगर नगरपालिकाका मेयर उम्मेदवार रहेका अभय प्रताप शाहलाई उदृत गर्दै अध्यक्ष यादवले सक्षम नेतृत्व आजको अवश्यकता रहेकोले शाहलाई विजयी गराउन जनतालाई आह्वान गरेका छन् । फोरम नेपालका सांसद अभिशेक प्रताप शाहले पनि सभालाई सम्बोधित गर्दै कृष्णनगरका मधेशी जनतो आफ्नो मतदानबाट फोरम नेपाललाई मजबूत बनाउन आग्रह गरेका थिए । कृष्णानगर नगरपालिकाका मेयर उम्मेदबार शाह फोरम नेपालका सांस्द अभिशेक प्रतापका काका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ