arrow

एकजना सुत्केरी बचाउँन मन्त्रालयका सचिवसँग अनुमती ! (बयान)

यसरी बचाए जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखले सुत्केरीको ज्यान

logo
रुपचन्द्र बि.क‍.,
प्रकाशित २०७४ असार १२ सोमबार
bajura_sutkeri.jpg

बाजुरा । बाजुराको विकट ठाउँ पाण्डवगुफा गाउँपालिका । त्यहाँबाट केही स्वास्थ्यमा गम्भीर समस्या पर्यो भनेपनि सबैभन्दा जनिकको कोल्टी बजार आउनलाई कम्तीमा पनि ५ घण्टा लाग्छ । नजिकै सामान्य उपचारको लागि स्वास्थ्य चौकी भएपनि त्यहाँ गम्भीर रोगको उपचार गर्न सम्भव थिएन । गाउँपालिकाको वडा नं.३ मा त्यस्तै समस्या देखियो ।

म शनिवार पोषण कार्यक्रमकको प्रभावकारिता सम्बन्धी अनुुगमनका गर्न सदरमुकाम बाहिर गएको थिए । अपराह्न ५ बजेतिर हुनी मोहती स्वास्थ्य चौकीबाट फोन आयो, सुत्केरीको अवस्था नाजुक हुदै गएको छ भनेर । सुत्केरी व्यथाले च्यापेकी विरामी थिईन् फुलटुक्का ढोली । ३ दिनदेखि सुत्करी ब्यथाले च्यापेकी ढोलीलाई हुनी मोहोती स्वास्थ्य चौकीमा उपचार गर्दा गर्दै सम्भव थप उपचार गराउनको लागि बजार लैजानुपर्ने भनेर स्वास्थ्य चौकीबाट फोन आएको थियो । 

मैले तुरुन्तै प्राथमिक उपचारका विधि अपनाउन निर्देशन गरें । तर, सुत्केरीको अवस्था गम्भीर बन्दै गएकोले प्राथमिक उपचार विधिले सम्भव भएन भन्ने खबर आयो । मैले विरामीलाई केही पनि हुन नदिन बरु तत्कालै बैकल्पिक उपाय अपनाएर गोत्रीवाट कोल्टी ल्याउन निर्देशन गरेँ । 

मोटर थिएन, पैदल यात्रामा स्टेचरमा बोकेर ल्याउन पनि नसकिने, त्यसरी ल्याउँदा बाटैमा ५ घण्टाभन्दा बढी लाग्ने जसले सुत्केरीको ज्यान झनै जोखिममा थियो । त्यसपछि मैले उनको ज्यान बचाउनकै लागि स्वास्थ्य मन्त्रालयका सचिवसम्म कुरा पुु¥याएँ । त्यतिबेलासम्म बेलुकीको ८ बजिसकेको थियो । विरामीलाई हेलिकप्टरमा ल्याउने कुरा चलाएँ रातपरिसकेकोले हेलिकप्टर पनि उडाउन सकिएन । 

यता नेपाली सेनालाई कुनै विधिबाट विरामी बचाउन अनुरोध गरे । त्यो पनि राती भईसकेकोले सम्भव भएन । त्यसपछि कुनै विकल्प सोच्नको लागि भनेर मैले मन्त्रालयमा फेरि फोन गरेँ । मन्त्रालयवाट हामी रकम क्षेत्रीय कार्यालय दिपायलमा पठाई दिन्छौं तपार्ई हेलिकप्टरको जोहो गर्नुस भन्ने निर्देशन आएछ ।

विभागमार्फत् सोही स्वीकृती आएपछि हेलिकप्टर बाजुराको हुनीमा  अवतरण गराउन प्रयास गरें अन्ततः चार लाख पचासहजार रुपैयाँ भुक्तानी दिने गरी आईतबार विहान ७ बजे सिम्रिक एयरको हेलिकप्टर हुम्लाबाट बाजुराको हुनीमा अवतरण गराउन सफल भयौं ।जति दुख गरेर भएपनि सुत्केरी ब्यथाले अन्तिम अवस्थामा पुुगेकी ती ढोलीलार्ई आईतवार भेरी अञ्चल अस्पताल नेपालगञ्ज रिफर गरी उनले बच्चा पाईसकेकी छिन् । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था पनि सुदृढ हुँदै गएको छ । 

ढोलीलाई सुत्केरी व्यथाले च्यापेपछि शनिवार विहान ५ः३० बजे झिल्ली फुटिसकेको पाठेघरको मुखपनि खुकुल्लो हुदैँ गएको, पेटको कडापन नरम हुदैँ गएको थियो । गोत्रीबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउन ६  घण्टा लाग्छ भने जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ल्याउन २० घण्टाको पैदल दुरीमा हिड्नुपर्ने बाध्यता रहेको छ ।  त्यो समयमा उनको ज्यान अत्यन्त जोखिममा पर्ने देखिएकोले गाउँमै हेलिकप्टर पुु¥याउनुपरेको हो । डाक्टर बि.क.ले यसअघि पनि नेपाली सेनाको जहाज कोल्टीमा दुर्घटनामा परी घाईते भएका सेनाका सेनानी अनिता आले र सुवेदार पूर्णबहादुर खड्काको हवाईजहाजमै उपचार गर्दै काठमाण्डौं पुगेका थिए ।

(जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विकसँग रमित बि.क.ले गरेको कुराकानी)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ