arrow

विप्लव नेतृत्वको माओवादी विद्यार्थी संगठनले गर्‍यो उपत्यकाका निजी विद्यालयमा हड्ताल

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
school-closed.jpg.jpeg

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै मंगलबार काठमाडौँ उपत्यकाका निजी विद्यालयमा हड्ताल गरेको छ । 

हडतालका कारण ती विद्यालयमा पठनपाठन प्रभावित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले वार्ता र संवाद नगरी जानकारी बिना विद्यालय बन्द गराएकोमा चिन्ता प्रकट गर्दै यस्ता व्यवहारबाट समस्या समाधानमा सहयोग नपुग्ने बताए । 

अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य जिपी चौलागाईंले शुल्क निर्धारण मापदण्डको उल्लङ्घन गरी शुल्क लिइएकोमा आन्दोलन गरिएको बताए । 

सो सङ्गठनले गत सातादेखि उपत्यकाका ३३ विद्यालयका लेखा शाखामा तालाबन्दी जारी राखेको छ । 

शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी सङ्गठनबीच गत जेठ १५ मा भएको सहमतिअनुसार १५ दिनभित्र तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट अभिभावकलाई त्यस्तो शुल्क फिर्ता गराउने सहमति भएको थियो । 

निजी विद्यालय सञ्चालकले भने उक्त सहमति एकतर्फी भएको जनाएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ