arrow

पाँचथर सदरमुकाम फिदिम सुनसान

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असार १३ मंगलबार
panchthar-district.png

पाँचथर । दोस्रो चरणको स्थानीय तहको निर्बाचन आउँन एक दिन मात्र बाँकी हुँदा पाँचथर सदरमुकाम फिदिममा मानिसहरुको चहलपहल पातलिँदै गएको छ । सदरमुकाम बाहिरका विभिन्न स्थानबाट विभिन्न पेशा–व्यवसाय र रोजीरोटिको शिलशिलामा फिदिम रहेका मतदाता भोट हाल्न गाउँ गएपछि फिदिम बजारको चहलपहल सुनसान बन्दै गएको हो ।

दिनहुँ जसो मानिसहरुको खचाखच हुने फिदिम बजार अहिले सुनसान बन्दै गएको छ । बजारका मतदाता बाहेक अन्य आ आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा गएपछि बजारको रौकन कम भएको हो । मानिस बाहिरिने क्रम बढे सँगै अहिले फिदिमदेखि विभिन्न गाउँहरुमा जान सवारी साधनमा टिकट पाउन समेत गाह्रो भएको छ ।

दुई दशक लामो समयपछि स्थानीय तहको निर्बाचन हुन लागेकोले पनि आफ्नो मताधिकारको उपभोग गर्न मतदाता उत्साहित देखिएका छन् । असार १४ गते हुने निर्बाचनमा जिल्लामा १ सय मतदान स्थल र १ सय ५६ मतदान केन्द्र तोकिएका छन् । जिल्लाको मतदाता संख्या एक लाख २० हजार ३ सय २८ रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ