arrow

जनप्रतिनिधि आएसँगै सुरु भयो सूर्यविनायक–जगाती सडक अतिक्रमण हटाउने काम 

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
6_lane_road_bhaktapur.jpg

भक्तपुर। सूर्यविनायक नगरपालिका र डिभिजन सडक कार्यालय भक्तपुरले ‌म‌ंगलबारदेखि सूर्यविनायक चोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु गरेको छ । 

वर्षौँदेखि व्यापारीको अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु गरेको हो । डिभिजन सडक कार्यालयले पटकपटक सूचना जारी गरी सडक अतिक्रमण गरेर बनाइएको टहरा, पर्खाल र थुपारिएको निर्माण सामाग्री हटाउन अनुरोध गर्दै आएका थिए । उक्त सूचनालाई अटेर गरेपछि गत बिहिबार हटाउन खोज्दा तीन दिन समय मागेका थिए । 

तीन दिन समय माग गरेपनि छ दिनसम्म नहटाएपछि जगाती क्षेत्रबाट सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालिएको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापाले जानकारी दिए । वडाध्यक्ष थापाको नेतृत्वमा गएको सडक डिभिजन कार्यालय, स्थानीय बासिन्दा र प्रहरी सहितको टोलीले सडक विस्तार सुरु गरेको हो । 

अरनिको राजमार्गअन्तर्गत उक्त सडक ८२ फिट मापदण्ड मिचेर व्यापारीले सडकमा थुपारिएको निर्माण सामग्री हटाउने र टहरा भत्काउने कार्य नगरेपछि जनप्रतिनिधिको अग्रसरतामा त्यस्ता सामग्री एवम् टहरा हटाइएको हो । सडकमा व्यापारीले वर्षौँदेखि बालुवा, रोडा, ढुङ्गा, डण्डीलगायत निर्माण सामग्री थुपारेर व्यापार गर्दै आएका थिए भने कतिपयले टहरा हालेर व्यापार गर्दै आएका थिए । 

सडक क्षेत्रको अतिक्रमणका कारण हरेक वर्ष वर्षा लागेपछि स्थानीय बासिन्दा र पैदल यात्रीलाई हिँडडुल गर्न समस्या पर्ने, सडकमा पानी जमेर खोला जस्तै बन्ने गरेकाले यस वर्ष त्यो समस्या आउन नदिन अतिक्रमण हटाएर सडक फराकिलो पार्न लागिएको वडाध्यक्ष थापाले बताए। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ