arrow

नेचासल्यानमा कसैले पनि हालेनन् मत, कर्मचारीहरुलाई हाईसन्चो

logo
प्रकाशित २०७४ असार १४ बुधबार
Nechasalyan_Gaunpalika.png

काठमाडौं । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नं ६ मा कुनैपनि मतदाताले मतदान गरेका छैनन् । विहान साढे ११ बजेसम्म एक जना पनि मतदान गर्नको लागि मतदान केन्द्रमा नआएको नेचा सल्यान गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । 

कूल ५ वटा मतदान केन्द्र र २४ सय भन्दा बढी मतदाता रहेको सो गाउँपालिकाको वडा नं ६ मा कसैले पनि उम्मेदवारी दिएका छैनन् । यद्यपि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने उम्मेदवारी परेको छ । 

सिमांकनको विषयमा कुरा नमिलेपछि झण्डै सात महिनादेखि आन्दोलनमा रहेको सो वडामा सबै दलले सहमति गरेर नै निर्वाचनमा सहभागी नहुने निर्णय गरेका थिए । यसरी कोही पनि मतदाता मतदान गर्न नआएपछि ५ वटा मतदानकेन्द्र रहेको सो वडाका सबै कर्मचारीहरुलाई हाईसन्चो भएको छ । अन्यत्रका कर्मचारीहरुलाई भ्याईनभ्याई भईरहँदा यहाँका कर्मचारी भने रुखको फेदमा शितल तापेर बसिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ