arrow

असहमति र त्रुटिलाई संशोधन र परिमार्जन गर्दै जानेः गच्छदार

logo
प्रकाशित २०७४ असार १४ बुधबार
Bijaya_Gachhadar.jpg.jpeg

इटहरी । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्थानीय तह निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताएका छन् । 

उपप्रधानमन्त्री गच्छदारले आज अपराह्न सुनसरीको दुहबी नगरपालिका  २ तुताहास्थित नवीन शिक्षा निकेत आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वका हरेक मुलुकमा शतप्रतिशत जनमत संविधानका पक्षमा उभिएको इतिहास नभएको स्मरण गराए । 

उपप्रधानमन्त्री गच्छदारले तेस्रो चरणको चुनावमा पनि राजपालगायत सबैको उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गर्दै केही असहमति र त्रुटिलाई विस्तारै संशोधन र परिमार्जन गर्दै जान सकिने स्पष्ट पारेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ