arrow

दुई महिला मतदान केन्द्रमै सुत्केरी, छोरा जन्माएको १ घण्टापछि मतदान गरेर घर फिर्ता

logo
प्रकाशित २०७४ असार १४ बुधबार
achham_new.png

साँफेबगर । अछामको रामारोशन गाउँपालिकामा दुई महिलाले मतदान केन्द्रमै सुत्केरी भएपछि मतदान गरेका छन् । दुवै महिलाले सुत्केरी भएको एक घण्टापछि मतदान गरेर मात्रै घर फर्किएको मतदान अधिकृत तपेन्द्र विकले जानकारी दिए ।  

रामारोशन गाउँपालिका–४ को बाटुलासैनस्थित नन्दकाली आधारभुत विद्यालयको बुथ‘क’ मा भोट हाल्न लाइनमा लागेका दुई महिलाले बच्चा जन्माएका हुन् । रामारोशनकी २५ वर्षकी मीना बोहरा र शुभा दास दुवैले छोरा जन्माएको स्थानीयले जानकारी दिएका छन् ।  

विहान भोट हाल्न लाइनमा लागेकै बेला उनीहरुलाई सुत्केरी व्यथा लागेको थियो । व्यथा लागेपछि स्कुलकै छेउमै दुवैलाई सुत्केरी गराइएको हो । बच्चा जन्माएका दुबै र शिशुको स्वास्थ्य सामान्य रहेको स्वास्थ्यकर्मीले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ