arrow

बुद्धभूमिमा देखिएन राजपाको प्रभाव, कपिलवस्तुमा खस्यो ७५ प्रतिशत मत 

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७४ असार १४ बुधबार
voting.png

कपिलवस्तु  । कपिलवस्तुमा स्थानीय तहको निर्वाचनमा ७५ प्रतिशत मत खसेको स्थानीय अधिकारीहरुले बताएका छन् । राष्ट्यि जनता पार्टीको विरोधको बाबजुत जनताको माग अनुसार २० वर्षमा भएको निर्वाचनमा ७५ प्रतिशत मत खस्नु निकै राम्रो रहेको स्थानीय अधिकारकर्मी रविन्द्रनाथ ठाकुरले बताए । 

जिल्लामा ६ नगरपालिका र ४ गाउँपालिका गरी १० वटै स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राजपाका नेताहरुले निर्वाचनमा भाग नलिने भए तापनि मेयर तथा उपमेयरमा स्वतन्त्र र अन्य पदहरुमा बहुजन शक्तिको चुनाव चिन्ह जग लिएर निर्वाचनमा होमिएपछि काहिँ कतैबाट निर्वाचन विरोधि कार्य हुन सकेन । 

कपिलवस्तु नगरपालिकामा राजपाका नेता रामदास गुप्ता मेयर र उप मेयरमा बासदेव कसौधन स्वतन्त्र रुपमा निर्वाचनमा होमिए  । त्यस्तै, अन्य नगरपालिका र गाउँपालिकामा समेत राजपाका तर्फवाट सबै पदमा  मनोनयन गरी निर्वाचनमा सहभागी भए । 

कपिलवस्तुको दक्षिणी क्षेत्रमा निर्वाचन गर्न समस्या पर्छ भने तापनि राजपा निर्वाचनमा आएपछि सहज वातावरण सम्पन्न भयो उत्तरी क्षेत्रमा एक दुई ठाउँमा बम राख्ने काम भयो तापनि सम्रग्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । स्थानीयहमा राजपाका नेताहरु स्वतन्त्र रुपमा खडा भएपछि वुलेटको जवाफ व्यालेटले दिन्छ भन्ने प्रक्रिया दिएका छन् । 

कपिलवस्तुमा उत्तरमा एमाले र काँग्रेसको प्रतिस्प्रधा छ भने दक्षिणमा राजपाबाट उमेद्धार दिएका स्वतन्त्र उम्मेदवार र संघीय समाजवादी फोरम र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा रहेको छ । जिल्लामा २ सय ३३ मतदान केन्द्र र ३ सय ८७ मतदान स्थलबाट मतदान भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ