arrow

बुटवल उपमहानगर र देवदह नगरपालिकामा काँग्रेसको अग्रता 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
congress-flag2.jpg

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता हाँसिल गरेका छन् । बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा पहिलो ४ सय मत गन्दा कांग्रेसबाट प्रमुखका उम्मेदवारले २ सय ३ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी एमालेका उम्मेदवारदे एक सय ४३ मत ल्याएको निर्वाचन अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

त्यस्तै, देवदह नगरपालिकामा पनि काँग्रेसका उम्मेदवार अगाडि देखिएका छन् । नगरपालिकाको पहिलो ४ सय मत गन्दा काँग्रेसका उम्मेदवारको १ सय ५६ र एमालेका उम्मेदवारको सूर्य १ सय २ मत आएको छ । 

त्यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको १ सय ३१ मत आउँदा एमालेको जम्मा ९८ मत आएको छ । यहाँ काँग्रेस माओवादीबीच गठबन्धन जोडिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ