arrow

२२६ स्थानीय तहको मतगणना शुरु : आयोग

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३३४ स्थानीय तहमध्ये २२६ स्थानीय तहको मतगणना शुरु भएको जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद सुवेदीले बिहीबार विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, हालसम्म प्रदेश नं. १ का ८०, प्रदेश नं. ५ का ८७ र प्रदेश नं. ७ का ५९ स्थानीय तहको मतगणना शुरु भएको जनाएका हुन् । अब १०८ स्थानीय तहको मतगणना शुरुहुन बाँकी रहेको पनि आयोगले जनाएको छ ।

उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र अझै २२ मतदान स्थलको मतपेटिका संकलन हुने क्रममा रहेको आयोगले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ