arrow

अर्जुनधारा नगरपालिकाको विवाद मिलाउन आयोगलाई जिम्मा

logo
प्रकाशित २०७४ असार १९ सोमबार
arjundhara.png

बनियानी (झापा)। झापाको अर्जुनधारा नगरपालिकाको मतगणनामा विवाद भएपछि समाधानका लागि निर्वाचन आयोगलाई पत्राचार गरिएको छ। दलहरुबीच विवाद बढेपछि समाधानका लागि आयोगलाई पत्रचार गरिएको निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले जानकारी दिए। “विवाद समाधानका लागि आयोगको निर्णय पर्खिरहेका छौँ”, निर्वाचन अधिकृत खतिवडाले भने, “आयोगबाट जे निर्णय हुन्छ, त्यही गर्छौं।”

विवादका कारण यहाँको मतगणना आइतबार दिउसो १ बजेदेखि स्थगित भएको थियो। आइतबार दिनभर दलहरुबीच सहमतिको प्रयास गरिए पनि असफल भएको छ। वडा नम्बर २ को मतपत्रको अर्धकट्टी र खसेको मत बराबर भेटिए पनि मत फारममा केरमेट भएको पाइएपछि विवाद भएको हो।

सात सय ८८ मतपत्र रहेको वडा नम्बर २ को एउटा मत पेटिकामा उल्टो सिल लागेको र मत पेटिकाको मत र खसेको मतअन्तर भएको नेपाली काँग्रेसले आरोप लगाएको छ। काँग्रेसले धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै निवेदनसमेत दर्ता गराएको छ।

नेकपा (एमाले)का नेता प्रेमसागर सापकोटाले मतगणना रोक्नुपर्ने कुनै विवाद नभएको बताए। असार १५ गते बिहान १० बजेदेखि अर्जुनधाराको मत गणना सुरु भएको थियो। अर्जुनधाराको वडा नम्बर १ मा एमाले र ३ मा काँग्रेसको प्यानल नै विजयी भइसकेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ