arrow

शैयाका श्रीमानलाई सभामुखले आज भेट्ने

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
Barsaman-Pun.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्ती र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज (बुधवार) थाईल्याड जादै छन् । 
 
सभामुख घर्तीका पति तथा एमाओवादीका सचिव बर्षमान पुनलाई भेट्न उनीहरु थाईल्याण्ड जान लागेका हुन् । उनीहरु विहान ११.३० बजे नेपाल एयरलाईन्सको जाहजबाट थाईल्याण्ड जाने तयारीमा रहेको सभामुख घर्तीको सचिवालयले जनाएको छ । थाईल्याण्डको बैङकक स्थीत समितिभेज अस्पतालमा एमाओवादी नेता पुनको उपचार भईरहेको छ । नेपालमै लामो समय उपचार गराउदा पनि निको नभएपछि उनलाई थाईल्याण्ड लगिएको हो ।
 
उनलाई जण्डीस लागेको चिकित्सकहरुले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ