arrow

पुटिनको कामप्रति अधिकांश रसियाली सन्तुष्ट

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
Putin_Press_confrence.jpeg

मस्को। रुसमा हालै गरिएको एक सर्वेक्षणले रसियाका अधिकांश जनताले राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले गरेका कामहरुलाई सहज रुपमा लिएको देखाएको छ। सर्वेक्षणमा सहभागी मध्ये ८१.४ प्रतिशत रसियाका जनताले पुटिनको कामलाई स्विकार गरेको रसियाली समाचार संस्था ‘आरआइए नोभोस्टी’ले बिहीबार जनाएको छ।

यही जुन २६ देखि जुलाई २ सम्म रसियाली सार्वजनिक धारणा अनुसन्धान केन्द्रले गरेको सर्वेक्षणमा ४९.२ प्रतिशत जनताले अहिले पनि राजनीतिज्ञहरु मध्ये सवैभन्दा पहिला पुटिनलाई नै रोज्ने गरेको पाइएको छ।

रसियाका रक्षा मन्त्री सर्गेइ शोइगु जनताको दोस्रो विश्वासपात्र हुनुहन्छ। उनलाई १५.८ प्रतिशत जनताले पहिलो रोजाईमा पारेका छन्। जवकी प्रधानमन्त्री दमित्री मेदभेदेभलाई भने १३.५ प्रतिशत जनताले मात्रै सवैभन्दा बढी मन पराएको सर्वेक्षणले देखाएको छ।

जुन महिनाको १२ देखि १८ तारिख सम्म गरेको अर्को सर्वेक्षणमा सहभागी मध्ये ८४.६ प्रतिशतले पुटिनको कामलाई स्वीकार गरेको पाइएको थियो।

अनुसन्धान केन्द्रले राजनीतिक, सामाजिक र आर्थिक विषयमा वेला वेलामा नियमित अनुसन्धान गर्ने गरेको छ। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ