arrow

चितवनमा बसको ठक्करबाट दुई जनाको मृत्यु

logo
प्रकाशित २०७४ असार २४ शनिबार
accident-final.jpeg

चितवन । पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट शनिबार बिहान दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयल चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नंको बसले बिहान ३ः४० बजे राप्ती नगरपालिका–५ भण्डारा चोकमा बाटो काट्दै गरेका राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया ठूलीमाया भनिने फूलमाया लोक्चनलाई ठक्कर दिएको थियो । 

बसको ठक्करबाट घाइते भएका उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः४० बजे मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ